परिचयः

logo
 
रेडियोको संक्षिप्त परिचयः
रेडियो नेपालवाणी एफ.एम. ९४.९ मेगार्हज विगत ८ वर्ष देखी निरन्तर रुपमा पूर्वाञ्चलको इलामबाट प्रसारण भैरहेको १००० वाट क्षमताको रेडियो नेपालवाणी एफ.एम. पूर्वाञ्चलका १२ वटा जिल्लामा (इलाम, पाँचथर, ताप्लेजुङ्ग, झापा, मोरङ, सुनसरी, तेह«थुम, संखुवासभा, खोटाङ्ग, भोजपुरलगायत) र भारतको दार्जिलिङ्ग, मिरिक, सिक्कीम साथै इन्टरनेट मार्फत संसारभर सुन्न सकिन्छ । समाचारमूलक नेपालवाणीको प्रसारणमा राजनीतिक, सामाजिक र नागरिक जीवनका विभिन्न सवालहरुलाई विशेष प्राथमिकतामा राखी प्रसारण गर्ने गरिएको छ । ती सवालहरुलाई शान्तिपूर्ण एवं प्रजातान्त्रिक परिपाटीबाट सम्बोधन गर्ने प्रयत्न नेपालवाणीले गरिरहेको छ ।ग्रामीण भेगमा रहेका न्यूा आय भएका कृषक, श्रमीक, व्यवसायि, कर्मचारी, भरियाको आवजलाई समेट्दै अघि बढीरहेको र व्यवसायिक पत्रकारहरुद्वारा सञ्चालित नेपालवाणीले छोटो अवधिमै आप्mनो प्रसारण क्षेत्रमा लोकप्रियता हासिल गरेको छ । प्रसारणको वर्षदिन मै सबैभन्दा बढी स्रोताले सुन्ने रेडियोको रुपमा स्थापित रेडियोलाई हालसम्म पनि स्रोताले सोही स्थान दिइरहेका छन् ।
 
पर्यटन
दोस्रो दिन पनि इलाम महोत्सव जारी

बैशाख २, इलाम  इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दुईसयबर्ष पूरा भएको अवसरमा “इलाम ः हाम्रो गौरव” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा हिजोबाट सुरु भएको तीनदिने इलाम महोत्सवको दोस्रो दिन आज बिभिन्न कार्यक्रम भएका छन् ।  इलामनगरपालिकाले आयोजना गरेको महोत्सवको दोस्रो दिन आज साहित्य सम्मेलन, बास्केटबल खेलको फाइनल खेल, इलामेली अग्रजहरुको पुर्नमिलनका साथै इलामको समृद्धिका सन्दर्भमा बिचार

भिडियो
फेसबुक