समाचार
भेटियो विश्वकै दोस्रो ठूलो हिरा


 विश्वकै दोस्रो ठूलो जीम क्वालिटीको हिरा बोट्सवानामा फेला परेको छ । लुकारा डायमन्ड फ्रिनले यस्तो हिरा भेटिएको जनाएको हो । १ हजार १ सय ११ क्यारेटको हिरा गाबोरोनबाट ५ सय किलोमिटर पर कारेवे नाम गरेको खानीमा भेटिएको हो । शताब्दीपछि भेटिएको यो सबैभन्दा ठूलो हिरा हो । यो बोट्सवानाको सबैभन्दा ठूलो हिरा समेत हो । यसअघि १९०५ मा दक्षिण अफ्रिकामा ३ हजार १ सय ०६ क्यारेटको हिरा भेटिएको थियो । उक्त हिरालाई नौवटा विभिन्न ढुंगा बनाइएको छ । त्यसमध्ये थुप्रै हिरा बेलायतको श्रीपेचमा प्रयोग छ । लुकारा डायमन्डका प्रमुख विलियम ल्याम्बले शताब्दीभन्दा लामो समयपछि भेटिएको १ हजार क्यारेटभन्दा माथिको जीम क्वालिटीको हिराको खोजी निकै महत्वपूर्ण भएको बताए । हिराको अझै मुल्यांकन गर्न बाँकी रहेको उनले बताए । यसअघि अप्रिलमा १ सय क्यारेटको हिरा २२।१ मिलियन डलरमा अमेरिकाको न्युयोर्क सहरमा विक्री गरिउको थियो । बोटस्वाना विश्वमै सबैभन्दा बढी हिरा उत्पादन गर्ने देश हो ।
 


यसमा तपाईको मत

पर्यटन
पोखरी निर्माणको लहर
पोखरी निर्माणको लहर

इलाम – जमुनामा रहेको ढाप सीमासार क्षेत्रलाई पोखरीको रुप दिइएपछि अहिले रमणीय भएको छ । करिव ३५ रोपनीमा पानी जमेपछि स्थानीय डुङ्गा चलाउने र माछा

भिडियो
फेसबुक