समाचार
अमेरिकामा हिमपात,जनजीवन कष्टकर

अमेरिकामा १६ इन्च अग्लो हिमपात भएको छ । अमेरिकाको मध्यपश्चिम क्षेत्रमा भारी मात्रामा हिमपात भएको हो । बरफयुक्त आँधीका कारण भएको हिमपातले यातायात सेवा र जनजीवन प्रभावित भएको छ । साउथ डेकोटादेखि विस्कन्सिन प्रान्तसम्म करिब १६ इन्च अग्लो हिउँ जमेको संचारमाध्यमहरुले जनाएका छन् । हिमपातका कारण हवाईलगायत अन्य यातायातका सेवा प्रभावित भएका छन् । शनिवार विहानसम्म पाँच सयभन्दा बढी उडान रद्द गरिएको छ । शिकागो विमानस्थल बढी प्रभावित बनेको छ । हिमपातकै कारण अमेरिकी राष्ट्रपति पदका उम्मेदवारहरुका कार्यक्रमसमेत रोकिएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
 


यसमा तपाईको मत

पर्यटन
दोस्रो दिन पनि इलाम महोत्सव जारी

बैशाख २, इलाम  इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दुईसयबर्ष पूरा भएको अवसरमा “इलाम ः हाम्रो गौरव” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा हिजोबाट सुरु भएको तीनदिने इलाम महोत्सवको दोस्रो दिन आज बिभिन्न कार्यक्रम भएका छन् ।  इलामनगरपालिकाले आयोजना गरेको महोत्सवको दोस्रो दिन आज साहित्य सम्मेलन, बास्केटबल खेलको फाइनल खेल, इलामेली अग्रजहरुको पुर्नमिलनका साथै इलामको समृद्धिका सन्दर्भमा बिचार

भिडियो
फेसबुक