समाचार
विजया शुभकामना!
विजया शुभकामना!
विजया दशमी, २०७२ को शुभ उपलक्ष्यमा हाम्रा सबै पाठक, शुभेच्छुकलगायत सम्पूर्ण देशवासीमा हार्दिक मंगलमय शुभकामना!
दसैँ नेपालीले मनाउने सबैभन्दा ठूलो पर्व हो। यो पर्व धार्मिकभन्दा पनि बढी सांस्कृतिक र सामाजिक हो। यसैले शक्तिको पूजा नगर्ने समुदायले पनि दसैँलाई उत्तिकै उत्साहका साथ मनाउँछन्। नेपालको जनसंख्यामा सनातन धर्मावलम्बीहरूको बहुमत छ।उनीहरू दसैँमा शक्तिकी प्रतीक देवीको आराधना गर्छन्। विजया दशमीमा असत्यमाथि सत्यको जित भएको स्मरण गर्दै मनाउनेहरूबाहेक अरू समुदायले पारिवारिक पुनर्मिलनको पर्व मानेर मनाउँछन्। भारतका हिन्दु धर्मावलम्बीहरूले पनि विजया दशमीलाई दसहरा पर्वका रूपमा मनाउँछन् तर नेपाली र भारतीयहरूको परम्परामा निकै भिन्नता छ। नेपालका विभिन्न समुदायको सांस्कृतिक र सामाजिक विशेषताको सम्मिश्रणसमेत भएकाले दसैँ नेपाली समाजको साझा पर्व हुनपुगेको हो।
 
यो वर्ष दसैं मनाउने उत्साह त घटेको छैन तर कठिनाइ भने थपिएको छ नेपालीहरूमाथि। विसं २०७२ साल लाग्नेबित्तिकै नेपालको मध्यपहाडी क्षेत्रमा आएको महाभूकम्पबाट आक्रान्त र अस्तव्यस्त जनजीवन अझै पुनःस्थापित भइसकेको छैन। जसोतसो बर्खा काटेका भूकम्पपीडितहरू दसैँ मनाएर केही दिन भए पनि विपत्तिले दिएको पीडा बिर्सन चाहन्थे। तर, नियतिलाई सायद यो मञ्जुर भएन। नेपालीले धैर्य र जीवन्तताको परीक्षा दिन सायद बाँकी नै छ। यसैले त पहाडको जनजीवनलाई भूकम्पले पुर्यााएको पीडा थप्नैका लागि भने झैँ तराईमा अधिकारका नाममा आन्दोलन चर्काइयो। तराई आन्दोलनको निहुँ बनाएर भारतले अघोषित नाकाबन्दी लगायो। पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य वस्तुको अभावले नेपालको जनजीवन थप आक्रान्त भयो। एकातिर भारतबाट आयात गरिने वस्तुहरू नाकाबन्दीका कारण नेपाल भित्रिन पाएका छैनन् भने अर्कातिर भूकम्पका कारण बिग्रेको उत्तरतर्फका नाका पनि अझै राम्ररी सञ्चालन भइसकेका छैनन्। त्यसैले यो दसैँ धेरैले अभाव र अप्ठेरोबीच मनाउँदैछन्। तैपनि नेपाली हुन् अप्ठेरामा पनि हाँस्न जानेका छन्। दुःखमा रमाउने बानी छ र सबैभन्दा बढी जस्तोसुकै परिस्थिस्तिको पनि नआत्तिई सामना गर्ने स्वभाव छ। यही अदेभूत तर प्रशंसनीय जीवन्तताले नेपालीलाई संसारका अरू जातिभन्दा बेग्लै बनाएको छ। र यही स्वभावले यस वर्षको दसैँ पनि नेपालीले उत्साहपूर्वक मनाइरहेका छन्।
 
यस्तो अप्ठेरो धेरै वर्षपछि सामना गर्नुपरेको भए पनि नेपालीका लागि नौलो हैन। भूराजनीतिक अवस्थितिले नेपाललाई भारतवेष्ठित बनाएको छ। हुनत, भूपरिवेष्ठित देशका पारवहन स्वतन्त्रताको अधिकार पनि अन्तर्राष्ट्रिय कानुनले प्रत्याभूत गरेको छ तर नेपालले अहिलेसम्म त्यस्तो अधिकार स्वतन्त्रतापूर्वक उपभोग गर्न पाएको छेन। नेपालको राजनीतिक नेतृत्व, सामरिक शक्ति र सबैभन्दा बढी भारतीय पक्षको नियतमा रहेको कमजोरीका कारण समुद्रसम्म पुग्ा पाउनुपर्ने पारवहन स्वतन्त्रताको अधिकार र प्रचुर प्राकृतिक स्रोत र जनशक्ति हुँदाहुँदै पनि नेपालीले सास्ती पाइरहेका छन्। आशा गरौं, दसैले हामीलाई अप्ठेरो सहन थप शक्ति प्रदान गर्नेछ।
 
विजया दशमीका अवसरमा नेपाल र नेपालीलाई असत्य र अन्यायविरुद्ध विजय हासिल गर्ने शक्ति प्राप्त होस् भन्ने कामनासहित सबै नेपालीमा हार्दिक शुभकामना!

यसमा तपाईको मत

पर्यटन
दोस्रो दिन पनि इलाम महोत्सव जारी

बैशाख २, इलाम  इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दुईसयबर्ष पूरा भएको अवसरमा “इलाम ः हाम्रो गौरव” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा हिजोबाट सुरु भएको तीनदिने इलाम महोत्सवको दोस्रो दिन आज बिभिन्न कार्यक्रम भएका छन् ।  इलामनगरपालिकाले आयोजना गरेको महोत्सवको दोस्रो दिन आज साहित्य सम्मेलन, बास्केटबल खेलको फाइनल खेल, इलामेली अग्रजहरुको पुर्नमिलनका साथै इलामको समृद्धिका सन्दर्भमा बिचार

भिडियो
फेसबुक