समाचार
हिन्द महासागरको ठ्याक्कै बीचमा गएर विवाह


हाम्रै नेपालका एक दम्पतीले सगरमाथाको चुचुरोमा गएर विवाह गरे । एक बेलायती दम्पतीले पानी मुनि विवाह गरेर किर्तिमान राख्यो । विवाह जस्तो कुरालाई विशेष बनाउन जो कोहीले पनि केही कसर बाँकी नराख्न चाहन्छ । तर मौका र औकात दुबै चाहीँ हुनुपर्यो । अब औकात हुनेहरुका लागि अर्को किर्तिमानी बिहे गर्ने मौका जुरेको छ । अब हिन्द महासागरको बीच भागमा गएर विवाह गर्न सकिने भएको छ ।

माल्दिभ्सको एक रिसोर्ट कम्पनीले हिन्द महासागरको बीचमा एउटा यस्तो होटल बनाएको छ जहाँ गएर आसपासका जलचरहरुको उपस्थितिमा किर्तिमानी बिहे गर्न सकिनेछ । यो होटल एउटा सानो झुपडी जस्तै छ तर निकै साजसज्जाले युक्त सुन्दर छ । हिन्द महासागरको ठ्याक्कै बीच भागमा रहेको यो होटलको पिँध सिसाको छ जसका कारण समुद्रीको पानी हल्लिएको पनि देख्न सकिन्छ । यो होटलको अर्को विशेषता भनेको के हो भने यसमा कछुवाका लागि एक पुनस्र्थापना केन्द्र पनि छ, जहाँ घाइते कछुवालाई उपचार गरिन्छ । आफ्नो विवाह समारोहका लागि त्यहाँ तपाइँले १६ जनासम्म पाहुना बोलाउन सक्नुहुन्छ । कोही पाहुना नबोलाइकन बिहे गर्छौँ भनेपनि सही । गोप्य विवाह गर्नका लागि दुनियामा यो जस्तो उपयुक्त जग्गा कुन होला ? यो होटल संचालन कम्पनीका प्रवक्ताका अनुसार उनले सुरुमा त्यहाँ कछुवा पुनस्र्थापना केन्द्र चलाएका थिए । तर एकपटक एक जोडी युवायुवती उक्त केन्द्रको भ्रमणमा आएपछि भने उनलाई उक्त झुपडीलाई सिँगारेर विवाह गर्ने ठाउँ बनाउने सोँच आयो । अनि सोँचेको कुरा उनले पूरा पनि गरिछाडेका छन् ।
 


यसमा तपाईको मत

पर्यटन
दोस्रो दिन पनि इलाम महोत्सव जारी

बैशाख २, इलाम  इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दुईसयबर्ष पूरा भएको अवसरमा “इलाम ः हाम्रो गौरव” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा हिजोबाट सुरु भएको तीनदिने इलाम महोत्सवको दोस्रो दिन आज बिभिन्न कार्यक्रम भएका छन् ।  इलामनगरपालिकाले आयोजना गरेको महोत्सवको दोस्रो दिन आज साहित्य सम्मेलन, बास्केटबल खेलको फाइनल खेल, इलामेली अग्रजहरुको पुर्नमिलनका साथै इलामको समृद्धिका सन्दर्भमा बिचार

भिडियो
फेसबुक