समाचार
दुर्लभ गिद्ध भेटियो

विश्वमै दुर्लभ गिद्ध सुर्खेतमा भेटिएको छ । जिल्ला वन कार्यालय सुर्खेतले लोपोन्मुख अवस्थामा रहेको डङ्गुर (हिमालयन ग्रिसन) जातको गिद्ध बिरामी अवस्थामा भेटिएको हो । वीरेन्द्रनगर–८ इत्रामस्थित शङ्करचोक नजिकै औषधिले लठिएको अवस्थामा फेला परेको गिद्धको अहिले उपचार जारी रहेको वन कार्यालयले जनाएको छ । मुखबाट फिज फालिरहेको अवस्थामा गिद्धलाई देखेको स्थानीय बासिन्दाले जानकारीे गराएपछि तुरुन्त उद्धार गरी उपचार थालिएको जिल्ला वन अधिकृत हेमराज विष्टले बताउनुभयो ।


यसमा तपाईको मत

पर्यटन
दोस्रो दिन पनि इलाम महोत्सव जारी

बैशाख २, इलाम  इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दुईसयबर्ष पूरा भएको अवसरमा “इलाम ः हाम्रो गौरव” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा हिजोबाट सुरु भएको तीनदिने इलाम महोत्सवको दोस्रो दिन आज बिभिन्न कार्यक्रम भएका छन् ।  इलामनगरपालिकाले आयोजना गरेको महोत्सवको दोस्रो दिन आज साहित्य सम्मेलन, बास्केटबल खेलको फाइनल खेल, इलामेली अग्रजहरुको पुर्नमिलनका साथै इलामको समृद्धिका सन्दर्भमा बिचार

भिडियो
फेसबुक