समाचार
१४ औं पञ्चकन्या रनिङ गोल्डकप फूटबलमा आजबाट क्वार्टरफाइनलका खेलहरु सुरु, फिक्कल र तिनघरे बिजयि बन्दै सेमिफाइनलमा प्रबेश ।

इलामको सूर्योदय नगरपालिका पञ्चकन्या स्थित बीरेन्द्र माविको खेल मैदानमा जारी ‘१४ औं पञ्चकन्या रनिङ गोल्डकप २०७२’ मा आजबाट अन्तिम आठ (क्वार्टरफाइनल) का खेलहरु सुरु भएको छ । आज सम्पन्न पहिलो खेलमा फिक्कल फूटबल क्लब फिक्कल बिजयि बन्दै अन्तिम चारको स्थानलाई सुरक्षित बनाएको छ । फिक्कलले गोधुली फूटबल क्लब माघे पञ्चकन्यालाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रबेश गरेको हो । फिक्कलका लागि पासाङ शेर्पा र रोहित गुरुङले १÷१ गोल गरेभने गोधुलिको तर्फबाट बिकास लिम्बूले एकमात्र सान्त्वना गोल फर्काए । यस्तै आजै सम्पन्न दोस्रो खेलमा तीनघरे युवा खेलकुद समूह तीनघरे बिजयि बन्दै सेमिफाइनलमा प्रबेश गरेको छ । तीनघरेले फ्रेण्डसिप गोदकलाई २–शुन्यले पाखा लगाएर सेमिफाइनलको यात्रालाइृ सुरक्षित बनाएको हो । तीनघरेका लागि सुमन राई र केवि राईले १÷१ गोल गरे । प्रतियोगितामा भोलिपनि दुई खेल हुनेछ । पहिलोमा ब्वाइज अफ कट्टेबुङ्ग पशुपतिनगरले छिपिटार भञ्ज्याङ्ग फिक्कलको सामना गर्दा दोस्रोमा एमएफसि पान्दाम फिक्कलले भुँडे सेभेन फिक्कलको चुनौति सम्हाल्नुपर्ने आयोजक आइतबारे युवा क्लबका सदस्य चन्द्रकान्त पौडेलले बताउनुभयो । चौधबर्षदेखि निरन्तर हुँदै आएको यस प्रतियोगितामा सोह« टिमले सहभागिता जनाएको । प्रतियोगिताको बिजेताले नगद ४० हजार र उपबिजेताले नगद २० हजार रुपैंयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
लैङिगक हिंसा बिरुद्ध जनचेतना कार्यक्रम सम्बन्धि सरोकारवालाको समन्वय बैठक इलाममा सम्पन्न भएको छ । जिल्ला खेलकुद बिकास समितिको सहयोग र हरित नगर महिला समूहको आयोजनामा भएको बैठकमा समूहकि अध्यक्ष रिना घिमिरेले कार्यक्रमको बिषयबस्तुमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा इलाम नगरपालिकाका कार्याकारी अधिकृत महेन्द्र खाम्याहाङ, समाजसेवी बिष्णु दहाल, निर्मला प्रसाई लगायतले लैङिगक हिंसा बिरुद्ध सम्बन्धि प्रभावकारी किसीमको कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभयो । यो कार्यक्रम नगरका नौ वटै वडामा सञ्चालन गरिनेछ ।
 


यसमा तपाईको मत

पर्यटन
पोखरी निर्माणको लहर
पोखरी निर्माणको लहर

इलाम – जमुनामा रहेको ढाप सीमासार क्षेत्रलाई पोखरीको रुप दिइएपछि अहिले रमणीय भएको छ । करिव ३५ रोपनीमा पानी जमेपछि स्थानीय डुङ्गा चलाउने र माछा

भिडियो
फेसबुक