समाचार
जोखिममा दुर्लभ बन्यजन्तु रेडपाण्डा
जोखिममा दुर्लभ बन्यजन्तु रेडपाण्डा

जंगली जनावरबाट हुने आक्रमणको जोखिममा दुर्लभ बन्यजन्तु रेडपाण्डा परेको छ । उत्तरि इलामको बिभिन्न गाविसमा पाइदै आएको रेडपाण्डा यतिखेर चोरि तस्करीबाट भन्दापनि जंगली जनावरको आक्रमणको जोखिममा परेको हो । जिल्लाको उत्तरि क्षेत्रमा अत्यधिक चिसो बढेसंगै न्यानोको खोजिमा रेडपाण्डा मानवबस्ति झर्दा बढि असुरक्षित हुने गरेको पाइएको हो​ । जाडो छल्नका लागि तल्लो भेगतिर झर्दा जंगली जनावरका साथै घरपालुवा कुकुरको आक्रमणमा पर्ने जोखिम बढेको हो । तातोको खोजी र आफ्नो आहारा खोज्ने क्रममा रेडपाण्डा कुकुर र अन्य जङ्गली जनावरको आक्रमणमा पर्ने गरेकोले असुरक्षित बन्ने गरेको हो । अत्यन्तै सोझो प्रकृतिको रेडपाण्डाको शिकार गर्न सजिलो हुने भएकोले पनि रेडपाण्डा कुकुर र अन्य जङ्गली जनावरको आक्रमणमा सजिलै पर्ने गरेको इलाम जमुनाका कुमार गुरुङ्गले बताउनुभयो । गएको मंसिर महिनामा मात्रै जमुना–५ र ७ नम्बर वडामा पर्ने हिले सामुदायिक वनमा एक जोडा रेडपाण्डा मृत्त भेटिएको थियो । आहाराको अभावमा रेडपाण्डा मरेको अनुमान गरिएको भएपनि अहिलेसम्म उक्त रेडपाण्डा के कारणले मरेको हो भन्ने यकिन भएको छैन । रेडपाण्डा संरक्षणका लागि रेडपाण्डा नेटवर्कलगायतका विभिन्न संघसंस्थाले इलामको जमुनास्थित रेडपाण्डा संरक्षित क्षेत्र हाँगेथाममा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् । इलामको गोर्खेदेखि चमैतासम्मको उत्तरी क्षेत्रमा २४ देखि ४० जोडीसम्म रेडपाण्डा रहेको अनुमान रेडपाण्डा नेटवर्कको छ । विश्वमै लोप हुँदै गइरहेको रेडपाण्डा नेपाल, भुटानलगायतका केहि देशमा मात्र पाइने गरेको छ । 


यसमा तपाईको मत

पर्यटन
दोस्रो दिन पनि इलाम महोत्सव जारी

बैशाख २, इलाम  इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दुईसयबर्ष पूरा भएको अवसरमा “इलाम ः हाम्रो गौरव” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा हिजोबाट सुरु भएको तीनदिने इलाम महोत्सवको दोस्रो दिन आज बिभिन्न कार्यक्रम भएका छन् ।  इलामनगरपालिकाले आयोजना गरेको महोत्सवको दोस्रो दिन आज साहित्य सम्मेलन, बास्केटबल खेलको फाइनल खेल, इलामेली अग्रजहरुको पुर्नमिलनका साथै इलामको समृद्धिका सन्दर्भमा बिचार

भिडियो
फेसबुक