समाचार
माइभ्यालि गोल्डकप फूटबल प्रतियोगिताको पुरस्कार राशिमा बृद्धि
माइभ्यालि गोल्डकप फूटबल प्रतियोगिताको पुरस्कार राशिमा बृद्धि
इलामको ठूलो टुडिखेलमा आउँदो माघ १४ गतेबाट हुन लागेको माइभ्यालि गोल्डकप फूटबल प्रतियोगिताको पुरस्कार राशिमा बृद्धि गरीएको छ । २४ गतेसम्म हुने उक्त प्रतियोगिताको बिजेताले नगद तीनलाख ५० हजार र उपबिजेताले नगद एकलाख ७५ हजार रुपैंयाँ पाउने भएका छन् । यसअघि बिजेताले तीनलाख र उपबिजेताले डेढलाख रुपैंयाँ पाउने भनिएको थियो । आयोजक माइभ्यालि फूटबल क्लब इलामको आज सदरमुकाममा सम्पन्न बैठकले पुरस्कार राशिमा बृद्धि गरेको क्लबका अध्यक्ष धिरेन चेम्जोेङले बताउनुभयो । राष्ट्रिय ए डिभिजनमा आवद्ध फूटबल क्लबहरुले सहभागिता जनाउने उक्त प्रतियोगितामा आयोजक माइभ्यालि फूटबल क्लब इलाम सहित झापा ११, साहारा फूटबल क्लब पोखरा, मनाङ मरस्याङिद फूटबल क्लब काठमाडौं, नेपाल आर्मि काठमाडौं, सरस्वती फूटबल क्लब काठमाडौं, एपिएफ फूटबल क्लब काठमाडौं, रुपन्देहि ११ रुपन्देहि र भारत कोलकत्ताको दुर्गापुर स्टिल फूटबल क्लब र ग्लोबल फूटबल क्लब आसाम सहित दश टिमले सहभागिता जनाउने क्लबका उपाध्यक्ष बसन्त थाम्सुहाङले बताउनुभयो । प्रतियोगिताको उद्घाटन खेल आयोजक र कोलकत्ताको फूटब क्लबबीच हुनेछ । बाँकि खेलहरुको भने खेल तालिका सार्वजनिक भइनसकेको आयोजकले जनाएको छ । ४५ लाख खर्च लाग्ने अनुमान गरिएको उक्त प्रतियोगिताको तयारी तिब्र भइरहेको छ । इलाम सदरमुकामको ठूलो टुडिखेलमा हुन लागेको उक्त प्रतियोगितामा दर्शकहरुलाई बस्नका लागि करिब पाँचहजार क्षमता सहितको बाँसको अस्थायि प्याराफिट निर्माणको काम भइरहेको छ । यस्तै प्रतियोगितलाई भब्यताका साथ सम्पन्न गर्नका लागि जिल्ला स्तरबाट मात्र नभई देश बिदेशबाट आर्थिक संकलन कार्यालाई तिब्र बनाएको आयोजकले जनाएको छ । मेची अञ्चलकै सर्बाधिक धनराशि पुरस्कार भएको उक्त प्रतियोगिता इलाममा गतबर्षबाट शुरु भएको हो । इलाममा फूटबल खेलको बिकास संगै जिल्लालाई खेल पर्यटनको रुपमा बिकास गर्ने उद्येश्यका साथ यस प्रतियोगिताको आयोजना गतबर्षबाट गरेको अध्यक्ष चेम्जोङले बताउनुभयो । उहाँका अनुसार आगामि बर्षहरुहरुमा पनि यसलाई निरन्तरता दिएर लैजानेछ ।
 

यसमा तपाईको मत

पर्यटन
पोखरी निर्माणको लहर
पोखरी निर्माणको लहर

इलाम – जमुनामा रहेको ढाप सीमासार क्षेत्रलाई पोखरीको रुप दिइएपछि अहिले रमणीय भएको छ । करिव ३५ रोपनीमा पानी जमेपछि स्थानीय डुङ्गा चलाउने र माछा

भिडियो
फेसबुक