समाचार
नबयुग श्रेष्ठ
नबयुग श्रेष्ठ

नेपाललाई अन्तराष्ट्रिय फुटबलमा एउटा उल्लेखनीय सफलता दिलाउन हिजो एक युवा खेलाडीको मुख्य योगदान रह्यो । बंगलादेशमा भइरहेको बङ्गबन्धु गोल्डकपको सेमिफाइनलमा उनै नवयुग श्रेष्ठको ह्याट्रिक मद्दतले नेपालले माल्दिभ्सलाई ४—१ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गर्न सक्यो । यसै वर्ष अन्तर्रा्ष्ट्रिय फुटबलमा डेब्यु गरेका उनले अहिलेसम्म नेपाली राष्ट्रिय टोलीबाट ७ वटा खेल मात्र खेलेका छन् । २५ वर्षे यी युवाले यसै वर्ष भारतसँग भएको खेलबाट अन्तराष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए । विङ्गर र फरवार्डको रुपमा तीब्र गति र आक्रमक शैलीमा खेल्ने उनी विपक्षीहरुका लागि सधैँ खतरनाक मानिन्छन् । यसअघि श्रीलंकालाई हराउँदा पनि नवयुगले प्रहार गरेको बल गोल पोस्टमा लागेर फर्किएको थियो । पोस्टबाट फर्किएको बललाई विमल घर्तीमगरले प्रहार गर्दा त्यो गोलमा परिणत भएको थियो । त्रिभुवन आर्मी क्लब फुटबल टोलीका सदस्य उनी क्लबका लागि फरवार्डको रुपमै खेल्ने गर्छन् । पूर्वी इलामको मंगलबारे गाविस हालको देउमाई नगरपालिका घर भएका श्रेष्ठ स्थानिय त्रिबेणि युथ क्लब मंगलबारेले उत्पादन गरेको युवा खेलाडि हुन् । स्थानिय स्तर हुँदै जिल्ला फूटबल संघ इलामसंग जोडिदै उनले आफनो खेल यात्रालाई निरन्तर राख्दै जाँदा नेपालकै चर्चित फूटबल टिम त्रिभुवन आर्मिका अनबुन्धित खेलाडि हुन् । नवयुगले फूटबल इतिहासमा गरेको अन्तराष्ट्रिय गोलले इलामलाई मात्र हैन सिङ्गो नेपाल र नेपालीको शिर उच्च बनाएको बिगतमा जिल्लामा संगै फूटबल खेल्ने श्रेष्ठका एक सहकर्मि मौसम बस्नेतले बताउनुभयो । 


यसमा तपाईको मत

पर्यटन
पोखरी निर्माणको लहर
पोखरी निर्माणको लहर

इलाम – जमुनामा रहेको ढाप सीमासार क्षेत्रलाई पोखरीको रुप दिइएपछि अहिले रमणीय भएको छ । करिव ३५ रोपनीमा पानी जमेपछि स्थानीय डुङ्गा चलाउने र माछा

भिडियो
फेसबुक