समाचार
सिद्धिथुम्का एक पर्यटकीय गन्तब्य
सिद्धिथुम्का एक पर्यटकीय गन्तब्य

       इलाम जिल्लाको पश्चिममा करिब १५ कि.मी.को रमाइलो यात्रा तय गरेपछि पर्यटकीय क्षेत्र सिद्धिथुम्का पुग्न सकिन्छ । परापूर्व कालदेखि सूर्योदय र सूर्योस्तको अवलोकनका साथै विभिन्न पर्यटकीय सम्पदाहरुको अवलोकन गर्न सकिन्छ । सिद्धिथुम्का गा.वि.स.मा सिद्धिथुम्का चुली,अजम्बरे डाँडा,खान्द्रुङ्ग गुफा, पंखेलुङ्ग झरना,प्रसिद्ध माइनदी,फाल्गुनन्द माङ्गहिम,रातो पानी,देवीथुम्का डाँडा,नामथला,पंचमी बजार,रमिते डाँडा आदि पर्यटन क्षेत्रमा जातिय विविधता,रहन सहन,रीतिरिवाज मौलिक सँस्कृति परम्परा पाउन सकिन्छ ।
नेपालको पर्यटकीय दृष्टिकोणले विश्वमै एक उत्कृष्ट गन्तव्य स्थल इलाम जिल्लाको पश्चिमि क्षेत्रमा अवस्थित सिद्धिथुम्का सदरमुकामबाट करिब १५ किलोमिटर पश्चिममा अवस्थित रहेको छ । २६ डि. ४८ मिनेट   ३० से. देखि २६ डि. ५३ मि.४० से. उत्तरी अक्षांश र ८७ डि. ४७ मि. ४५ से. देखि ८७ डि. ५२ मि. ३० से. पूर्वी देशान्तमा अवस्थित यो गाविसको पूर्वमा सोयाक, पश्चिममा जितपूर, उत्तरमा पनी जितपूर–साङरुम्बा र दक्षिणमा माईखोला चिसापानी, दानाबारी महमाई गाविस रहेका छन् ।
 सिद्धिथुम्का गाविस समुद्र सतहबाट करिब दुई सय ७२ देखि एक हजार ७ सय १० मीटर सम्मको उचाइमा रहेको छ । गाविसको पूर्व दक्षिण पाटोमा रहेको एक हजार ६ सय ९३ मीटरको उचाइमा अवस्थित सिद्धिथुम्का चुली सिद्धि देवी पुजा, सूर्योदय, सूर्यास्त दृश्यावलोकनका लागि प्रसिद्ध रहँदै आएको छ । जसलाई सिद्धिथुम्काको प्रमुख आकर्षकका रुपमा लिइन्छ । यसबाहेक अजम्बरे डाँडा, खान्द्रुङ्ग गुफा(देवी ढाँड), नामथला,फुलवारी, पोखरीगाउँ, पंखुलुङ्ग झरना,रातोपानी, फल्गुनन्द माङ्गहिम(मंदिर), सिंहदेवीस्थान, पानी घट्ट, मौरी पालन व्यवसाय, फुलबारी, माई नदी  सखुवा ÷साल, चियाको जंगली जात हिंगुवा लगायतका प्रचुर जैविक विविधता, माईखोलाको नागबेली दृश्य तथा अन्य प्रजातीहरुको जंगल, लिम्बु, राई, तामाङ, मगर, तथा गोर्खे र फुलबारी झिल्के यस क्षेत्रका  प्रमुख आकर्षणहरु हुन् । यस गाविसका मुख्य खोलानालामा माइखोला, शिवाखोला, भालूखोला, लेखवा खोला पखेंलूङखोला, राते खोला, सहुरे खोला घिसिङखोला र किखिरखोला रहेका छन् ।

     सिद्धिथुम्का चुली र अजम्बरेडाँडाबाट इलाम जिल्लाका ४८   गाविसहरु र १ नगरपालिका तथा छिमेकी जिल्ला झापा, मोरङ, सुनसरी, धनकुटा, पाँचथर, भारतको दार्जिलिङ्ग, सिलिगुडि करसाङ्ग आदि क्षेत्रहरुको साथै माईखोलाको नागबेली दृश्यm चुरे क्षेत्रको अलौकिक दृश्यावलोकन गर्न सकिन्छ । छिमेकी गाउँ सोयाकको खाटेढुंगा, बालकन्या देवी र  गुर्दुम डाँडा,जितपुरको ढोले देवी, झ्याउ पोखरी लगायत गजुरमुखि, म्याङ्मालुङ्ग, चिसापानी पञ्चिमी, रवि, बाँझोको लारुम्बा, लगायतका विभिन्न मनोरम तथा महत्वपूर्ण स्थलहरुको रुपमा विकास भएको हाम्रो पर्यटकीयस्थल विकासले  अन्य स्थानहरुको विकासमा पनि टेवा पुग्नेछ । हाम्रो पर्यटकीयस्थलको सिद्धिथुम्का चुलिबाट विश्वको सर्वोच्च शिखर सगरमाथा र तेश्रो शिखर कञ्चनजंघाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।
वि.स १९८३ सालसम्म प्रशस्त वन पाइने सिद्धिथुम्काको नामकरण लिम्बु भाषाबाट मादेबुङ्गमा वेतको बोट भए पनि लहराउँदै झाँगिदै आएर वेत फुल्ने ठाउँ भएकाले श्री भेनको वेत र फूर्का भन्नाले फुलेको भन्ने अर्थ हुँदा श्री फूूर्का भनी वेतफुल्ने ठाउँलाई पछि अपभ्रंश भई श्रीफुर्काबाट सिद्धिथुक्का नाम रहन गयो भने सिद्धदेवी डाँडा भएकाले पनि सिद्धिथुम्का नाम रहन गएको धार्मिक विश्वास रहेको छ । यसैगरी लिम्बु समुदायमा सिरि भनेको शक्ति कोक्मा भनेको शक्तियुक्त डाँडा बाट सिद्धिथुम्का रहन गएको भन्ने भनाई पनि रहदै आएको छ ।
सिद्धिथुम्का चुली ःसुर्योदय र सुर्यास्त अवलोकन  
समुन्द्री सतहबाट एक हजार ६ सय ९३ मीटरको उचाईमा रहेको सिद्धिथुम्का चुली विशेषतः सूर्योदय, सूर्यास्त, विश्वको सर्वोच्च शिखर सगरमाथा, कञ्चनजंघा,कुम्भकर्ण लगायतका हिमश्रृंखला, इलाम, झापा,सुनसरी, मोरङ्ग, धनकुटा पाँचथर सिमावर्ती भारतीय क्षेत्र लगायतको विभिन्न मनोरम स्थानहरुको दृश्यावलोकनका लागि महत्वपूर्ण स्थलका रुपमा रहेको छ । चुलि क्षेत्रमा जिम्बु र हिंगुवा प्रजातिका जंगलहरुको बीच सेता दर्शन ढुगाहरुका कारण निकै मनमोहक देखिन्छ ।
सुर्योदयका समयमा  सूर्यको पहिलो किरण÷ प्रकाश कंचनजघां हिमालमा पर्दा देखिने चादँनी दृश्यबाट शुरु भई मानवीय कल्पनाका बिम्बहरु जस्तै काक्रो, सामुद्रिक छाल, घैला, टोपी, आकार हुदै १० देखि २० मिनेटसम्म रमाइलो साथै भमराहरुले चुलीमा रहेको ठुलो दर्शन ढुंगालाई परिक्रमा गर्दा र इलाम, झापा र भारतका विभिन्न स्थानहरुको अलमल  दृश्यले सूर्योदयलाई अझै मनोरम बनाउँछ । साझँमा सूर्यले क्षितिजमा डुबुल्कि मारेको दृश्य यहाँको अर्को थप प्रमुख आकर्षण हो । यस क्षेत्रमा आधार चुली सामुदायिक वन क्षेत्रमा हिंगुवा, लेकाली भलायो,हरियाली जिम्बुको जंगलको रीङ्गरोड हुदै अवलोकन गर्न सकिन्छ ।

खान्दुङ्ग गुफा (देवीढाँड )
    ढुंगै ढुगाको प्राकृतिक चमत्कार जस्तो लाग्ने खान्द्रुङ्ग गुफा सिद्धिथुम्काको वठा नम्बर ४ को पञ्चिमी बजारको पश्चिम पट्टि रहेको तामाङ्ग गाउँमा अवस्थित विरलै भेटिने प्राकृतिक गुफाहरुको बिचमा रहेको छ । टाढाबाट हेर्दा सामान्य ढाडजस्तो देखिने खान्द्रुङ्ग गुफा भित्रै पुगेपछि मात्र थाहा हुन्छ त्यहाँ ठुल्ठुला ओडार र सुरुङ्गहरु त्यही सानो क्षेत्रमा रहेका छन् । यहाँ ढुङ्गाका चमत्कारी दृश्य र बनौटहरु भेटिन्छन् । पचास मिटर भन्दा बढी लम्बाई रहेको पाँचवटा सुरुङ्गमार्गहरु गुफा भित्र रहेका छन् । भुईतला, बिचतला र सिरानतलाका रुपमा चिनिने सुरुङ्गका प्रवेशद्धारहरु साँच्चिकै हेर्न लायक छन् ।
साँघुरो प्रवेशद्धारमा शरीरलाई पुरै निहराएर छिर्नु पर्ने भएपनि भित्र घरका कोठा जस्ता ठूला भएकाले निर्वाध रुपमा हिड्न सकिन्छ । साघुरो प्रवेशद्धारमा धर्मीमान्छेहरु मान छिर्न सक्ने भएकाले धर्मद्धाको रुपमा स्थानीयबासीको विश्वास छ । गुफा भित्र ढुंगामा ढिकि जाँतो धुपौरो, नाग, चरा, हात्ति, बाघ र गाईको पाइला, धामी झाक्रिको ढ्याङग्रो र गजो आदीका आकृतिहरु भ्ेटिन्छन् ।
यसबाहेक विभिन्न तहमा खात लागेर बसेका ढुंगा र वरपरको मनोरम दृश्य पनि यसका आकर्षणका रुपमा रहेका छन् । करिव पाँचरोपनी क्षेत्रमा फैलिएको यो गुफालाई स्थानीय बासिन्दाहरुले देवी ढाड पनि भन्नेृ गर्दछन् । परम्परा अनुसार गाउँमा शान्ति होस् भनेर बैशाख र मसिंर पूर्णिमाका दिन बोका र कुखुराको बलि दिएर कालिका देवीको पूजा आर्चना परिदै आएको छ । गुफाको सिरमा अजम्बरे डाँडा र सिधा अगाडी सिद्धिथुम्का चुलि रहेको छ ।
अजम्बरे डाँडा
    सिद्धिथुम्का पर्यटन क्षेत्रमा र्हेको अजम्बरे डाँडा उत्तर पश्चिममा जितपुरसँग जोडिएको अर्को आकर्षण तथा पर्यटकका लागि गन्तव्यस्थल हो । पौराणिक मान्यता अनुसार यस क्षत्रमा अजम्बरी नामक बुटी पाइन्थ्यो । अर्को भनाई अनुसार त्यस क्षेत्रमा अजगुते नामक फूलले धपक्यै ढाक्ने भएकाले सोही फुलको नामबाट अजगुतेडाँडा हुदै पछि अपभैश भई अजम्बरे डाँडा नाम रहेको बुढापाकाहरुको भनाई छ । यहाँबाट इलाम जिल्लाका अधिकासं भू–भाग कंचनजंघा हिमाल र सगरमाथाको दृश्यावलोकन गर्न सकिन्छ । चियाबारीको मनोरम दृश्य र इलाम जिल्लाका अधिकासं क्षेत्रको अवलोकनबा लागि यो स्थान महत्वपूण रहेको छ । यहाँ पुग्नका लागि पञ्चमि बजारबाट आधाघण्टाको उकालो हिड्नुपर्छ । यहाँबाट इलाम जिल्लाका ४३ गाविस मध्ये ४१ गाविस  र ३ नगरपालिका तराईका फाँट र भारतका विभिन्न स्थानको देश्यावलोकन गर्न सकिन्छ । यहाँ अम्बिकादेवी, विभिन्न आकृतिका ढुङ्गाहरु ह्ेर्न सकिन्छ । सिद्धिथुम्का गाविसको वडा नम्बर पाँचमा पर्ने काहालसिंह सामुदायीक वन पिप्लिभञ्ज्याङ्ग लगायतको क्षेत्रमा घुम्न सकिन्छ ।
इलाम सदरमुकाम इलामबजारबाट करीब १५ कि. मि. पश्चिममा रहेको यस अजम्बरे डाँडा जीतपुर गाविस वडा नम्बर २ र सिद्धिथुम्का गाविस वडा नम्बर ५ को सिमानामा रहेको छ । यहाँका बुढापाकाहरुको भनाई अनुसार यस अजम्बरे डाँडामा संजिवनी बुटी पाइने र यो बुटी खाएपछि कहिल्यै नमरिने र अजम्बरी बन्ने भएकाले यस डाँडाको नाम ’अजम्बरे डाँडा’ रहेको भन्ने पाइन्छ । यो अत्यन्तै रमणीय ठाँउ हो । जीतपुर सिद्धिथुम्को सिमाना भई बग्ने भालुखोला अनि स्याखोला त्यसै गरी पूर्वतर्फ बग्ने लङ्खुवा, लाक्पाखोल्सीको उद्गमस्थल ’अजम्बरे डाँडा’ एक महत्वपुर्ण स्थल हो । बसन्तको आगमनसँगै लालीगुराँस फूलेका मनमोहक दृष्यहरु,यस आसपासमा रहेका ७ थुम्कीहरु, विभिन्न देवस्थलहरु अनि हरियाली र चित्तआकर्षक चियाबारीका फाँटहरुले गर्दा ’ पहाडकी रानी’ जस्तै देखिन्छ । यहाँ रहेका धार्मिक स्थल, पिकनिकस्थल, अजम्बरे शिखर, विभिन्न आकृतिका चट्टानहरु यहाँका रमणीय स्थानका साथै यहाँबाट इलाम, झापा, ५थर,तेह्रथुम र छिमेकी राष्ट्र भारतको विभिन्न् स्थानहरुका साथै कञ्चनजङ्घा, कुम्भकर्ण र रमणीय ठाउँ भएकोले यस स्थानलाई इलाम जिल्लाकै एक विशेष ठाउँको रुपमा लिन सकिन्छ ।
अजम्बरे डाँडा एकै स्थानमा बसेर अवलोकन गर्न सकिने ठाउँहरुमा इलाम जिल्लाका गाविसहरुको धरातलीय स्वरुप, प्राकृतिक बनौट,यस क्षेत्रमा रहेका पर्यटकीय धार्मिक स्थल     झ्याउँपोखरी,माईपोखरी,ढोलेदेवी,गुफाथुम्की,छिन्टापु, सन्दकपुर,गजुरमुखी,लारुम्बा,इलाम बजार,श्रीअन्तु,कन्याम,फिक्कल बजार,साङ्रुम्बा, धुसेनी–इभाङ्गको पहिरोहरु, इलामको प्रसिद्ध चार खोला र किनारहरु, महमाई–दानावारी र रतुवाका फाँटहरु,महाँभारत पर्वत श्रृङ्खलाका दृष्यहरु आदि पर्दछन् भने जिल्ला बाहिरका स्थानहरुमा इलाम, मोरङ्ग,पाँचथर रभनकुटा जिल्लाको सिमानामा अवस्थित मेक्लाजुङ डाँडा,पाँचथरको छालासुकुवा डाँडा, सिलौटी डाँडा, तेह्रथुमको बसन्तपुर, झापाको दमक,अनि तराईका सुन्दर फाँटहरुका साथै भारततर्फ सिक्किमको बोर्डर सिलौटी,फालेलुङ, खर्साङ्को सुनादह, दार्जिलिङको सिङ्चेल डाँडा,मिरिक र अन्य थुप्रै स्थानहरुको दृष्यावलोकन गर्न उपयुक्त र रमणीय ठाउँ हो अजम्बरे डाँडा । यसका साथसाथै अजम्बरे डाँडा आसपास क्षेत्रमा रहेका महत्वपूर्ण स्थलहरुमा यस वरपर रहेका ७ अग्ला–होचा थुम्कीहरु पोखरीडाँडा, पिकनिक स्थल, अजम्बरे भीर, रमणीय चियावारी,आइतबारे देवीस्थान, सिंह देवीस्थान आदि स्वच्छ र दशृनीय पवित्र तीर्थसथलको दर्शन गरिने ठाउँहरु रहेका छन् । भने अजम्बरे डाँडाको पूर्व–दक्षिणतर्फ विचित्र विशाल चट्टानहरु बाघ, भालु र अजिङ्गर बस्ने विशाल ओडारहरु उत्तिकै चित्तआकर्षक रहेका छन् । यसैका उत्तरपूर्वतर्फ पसेरी कहालसिङ्ग सामुदायिक वन, अलैंची खेती अनि यसै क्षेत्रको ओखरबोटे भन्ने ठाँउमा रातो लेउपानी र खोलिएका आर्कषक चट्टानहरु आदि बिर्सनै नसकिने ठाँउहरु रहेका छन् ।

तामाङ्ग, मगर, ब्राम्ह्रण÷क्षेत्री आदिको बसोबास रहेको यस अजम्बरे क्षेत्र बर्षादको समयमा प्रायः हुस्सु र कुहिरोले ढाकिरहने, प्रशस्त वन्य जडिबुट्टी,मृग,खरायो,स्याल जस्ता सयौं वन्यजन्तुहरु तथा न्याउली,लुइचे,कोकले जस्ता हजारौं पंक्षीहरुको बाँसस्थान रहेको यस अजम्बरे क्षेत्र अति नै रमणीय स्थल रहेको छ । प्राकृतिक सौन्दर्य, प्राचिन–ऐतिहासिक एवम् धार्मिक स्थलहरुले भरिएको यस अजम्बरे डाँडा बिशिष्ट साँस्कृतिक परम्परा तथा अध्यन अन्वेषणको हिसाबले पनि प्रसस्त अवसरहरुले भरिपुण स्थान हो । भ्रमणकै त्रममा पदैल यात्रीकालागि प्रशस्त विकल्परहेका छन् । पहाडमा तेस्र्रो बाटो खोज्नेहरुकालागि बुद्धचोक–देउराली–अजम्वरे, देउराली–पिकनिकस्थल–अजम्वरे, देउराली–अजम्वरे आदी सडकहरु रहेका छन् भने उकालो–ओरालो गर्नेहरुका लाीग खान्द्रुङ–अजम्वरे, अजम्वरे– चौवन्धिचोक, अजम्वरे –रत्नचोक, अजम्रे–संगमचोक आदि बाटाहरु कम आर्कषक छैन्न ।
 आउनुहोस अजम्वरे डाडाँमा पाहिला टेक्दै रमाउनुहोस अनि रमणिय दृष्य अवलोकन गदै उकाली आराली हुदै देउराली र भन्ज्याङहरुमा घुम्नुहोस देवि र देउरालीहरुको दर्शन आर्शिवाद र प्रसाद ग्रहण गदै प्रशंन्न बन्नुहोस । पर्यटनस्थलको रुप नपाएर अहिलेसम्म ओझेलमा परेको यस अजम्वरे डाँडाको अति रमणिय स्थलहरुलाई पर्यटन स्थलको रुपमा विकास गदैजादा पहाडकि रानी अजम्वरे डाँडाले आफ्नो सुन्दरता कति सम्म दिन सक्छ यो त भविष्यलेनै बताउने छ अझै यस स्थलको पुर्ण विकासका लागि खाने पानि संचार्, यातायत, विधुत,दृष्य अवलोकन गृह, मन्दिर, गुफा आदिको विकास निर्माणमा सबै सरोकारवालाहरुका
ध्यान पुर्याउन सकेमा ईलाम जिल्लकौ महत्वपुण पर्यटन पर्यटनस्थल बन्ने कुरामा कुनै शंङ्का रहने छैन् ।

सिद्धिदेवीको दर्शन
    सिद्धिदेवी परापूर्वकालदेखि शिलाका रुपमा रहेकी देवी हुन् । सिद्धिथुम्का चुलिमा अवस्थित ठुलो ढुगामा यी देवी रहेकी छन् । स्थानीयबासीले समय–समयमा यी देवीको पुजा अर्चना गर्दै आएका छन् । यो स्थानमा २०१६ सालमा बिशाल पुराण लगाइएको थियो ।
आसपासका बासिन्दाले गाईव्याएपछि त्यस गाईको दुध लगेर सिद्धिदेवीलाई चढाउने गरेको पाइन्छ । यसो गर्नाले पशुहरुमा आरोग्यता, समृद्धि एंव सिद्धि प्राप्त हुन्छ भन्ने जन विश्वास रहेको छ । सिद्धिदेवीले रक्षा गरेका कारण गाउँमा पानी र अन्नको कहिल्यै अभाव नहुन जनविश्वास रहेको छ । भलपैरो, आँधिहुरी, असिना, जस्ता प्रकोप यस क्षेत्रमा सिद्धिदेवीले रोकेको छ । यी देवी सिद्धिकीदेवी हुन् ।
यीनको दर्शन पूजा अचर्ना गर्नाले सबै इच्छा पुरा हुन्छ भन्ने जनविश्वास छ । किराँत धर्मालम्वीका अनुसार शिव र पावर्तीका रुपमा पारुहाँङ्ग र सुम्निमा यहाँ रहेको र उनीहरुले यस क्षेत्रको रक्षा गरेको विश्वाश गरिन्छ ।
सिंहदेवी देवीथान
    सिद्धिथुम्का चुलीबाट दक्षिण भाग सोयाकको याङ्गनाम गाउँको सिमानामा करिब १०० मीटर तल जंगलको बिचमा रहेको सिंहदेवी देवीथान यस क्षेत्रको अर्को आकर्षणस्थल हो । सिद्धिथुम्का चुलीबाट उम्रिएको पानी यस स्थानको सतहसम्म निस्किएको विश्वास गरिन्छ । यो देवीथानलाई स्थानीय बासिन्दाहरुले शक्तिकी देवीका रुपमा पूजा अर्चना बैशाखे पूर्णिमाका दिन गरिदै आएका छन् । यस सिंहदेवीथानमा चट्टानको लहरे विविध मनोरम दृष्यावलोकन गर्न सकिन्छ ।


पञ्चमी बजार
    पञ्चमी बजार सिद्धिथुम्काको प्रमुख व्यापारीक केन्द्र हो । यहाँ आगन्तुक पर्यटकहरुका लागि होम स्टे प्रणालीको अवधारणामा होटल तथा लजका  साथै बजार र आसपसका क्षेत्रमा समेत खाने बस्नेको सुविधा रहेको छ ।यस क्षेत्रमा बौद्ध समुदायको पुरातात्विक माने रहेको र तामाङ्ग जातीको मौलिक साँस्कृतिक रितिरिवाज तथा स्थानिय हाटबजारको समेत अवलोकन गर्न सकिन्छ ।
नामथला
    सिद्धिथुम्का गाविसको कार्यालयका साथै सिद्धिथुम्का पर्यटन सूचना केन्द्र भवनको अवलोकन गरी नामथला गाउँमा मौरीको मह, तोरी तथा फापर खेतीको लागि प्रख्यात रहेको छ । यहाँ रहेको मौरीको श्रोत केन्द्रमा महको स्वाद लिन सकिन्छ । अतिथिहरुलाई होम स्टे प्रणालीमा बस्ने सुविधा उपलब्ध रहेको छ । यसै क्षेत्रमा विभिन्न किसिमका होंचा अग्ला डाँडा, समथर भू–भाग,खेती योग्य जमिन तेगिया क्षेत्रको अवलोकन गर्न सकिन्छ । नामथलाबाट सिद्धिथुम्का ९मा पर्ने एक्ले कोला,राई वस्तीको जनजीवन अवलोकन गरी पंखेलुङ्ग झरना सहजै पुग्न सकिन्छ । सिद्धिथुम्का गाविसको कार्यालय रहेको साथै श्री आर्दश निमावि,अक्तिरिक्त हुलाक सेवा रहेको छ । नामथला गाउँबाट फुलबारी गाउँ हाङ्गमाङ्ग र पोखरी गाउँ देवीथुम्का डाँडाको मनोरम दृश्यावलोकन गर्दै पोखरी गाउँ भएर राना गाउँ, झिल्के गाउँको सालघारी,सिद्धिथुम्काको प्रसिद्ध धान खेती क्षेत्र सोतिबेंशी,राई,मगर जातजातीको मौलिक रहनसहनका साथै अन्य विविध किसिमको
साँस्कृतिक विविधता
     भौगोलिक, प्राकृतिक र जैविक विविधता बाहेक यस गाउँमा राई, लिम्बु, तामाङ्ग, मगर,विश्वकर्मा,दमाई, बाहुन र क्षेत्री जातीको मौलिक परम्परा ,रीतिरिवाज र संस्कृतिको अवलोकन गर्न सकिन्छ । विभिन्न जातजातीहरुको नौमति,पंचेबाजा, साकेला,उद्यौली, उभौली,चण्डीनाच, केलाङ्ग नाच,ढाल नाच, धान नाच, हुर्रा नृत्य, डम्फु सेलो, तामाङ्ग सेलो, मारुनी बालन, संगिनी, भोजन लगायतका मौलिक सास्कृतिक परम्पराको अवलोकनका लागि यो क्षेत्र प्रसिद्ध र अग्रणी रहदै आएकोछ ।
देवीथुम्का डाँडा (पाखरी गाँउ )
    सिद्धिथुम्का गाविसको दक्षिणमा रहेको फुलवारी पोखरीगाउँमा अवस्थित देवीथुम्का डाँडा सूर्योदय, सुर्यास्त, दक्षिणमा चुरे क्षेत्र, माई नदीको नागबेली दृश्य, कत्ले भञ्ज्याङ्ग, लारुम्बा लगायत तराईका मनोरम भूभागहरुको दृश्यावलोकनका लागि प्रसिद्ध रहेकोछ । देवीथुम्का देखि केहि तलतिर एउटा ठुलो र गोहिरो पोखरी समेत रहेको थियो । जसबाट सूर्यास्तको अद्धितिय दृश्य पानीमा देखिन्थ्यो । संरक्षणका अभावमा हाल यो पोखरी सुकेकोछ । पञ्चमी बजार  बजारबाट तेगिया हुदै र नामथलाबाट फुलवारी बीच मोटर बाटो जोडिएपछि यस क्षेत्रमा जान सहज भएकोछ । साथै पदयात्राका लागि समेत यो क्षेत्र उपयुक्त रहेकोछ ।   देवीथुम्का डाँडाबाट दानाबारी महमाई क्षेत्रको अवलोकन माईको कत्लेभञ्ज्याङ्ग लगायतका किराँत धार्मिकस्थल लारुम्बाको अवलोकन गर्न सकिन्छ । यसका साथै  मगर, राई र  अन्य जातजातीको बसोबास रहेको यस क्षेत्रमा परम्परादेखि सिंहदेवी देवीस्थानको रुपमा मान्दै आएको छ । यहाँबाट हाङ्गमाङ्ग,रमितेडाँडाबाट देखिने माईखोलाको नागबेली दृश्य बोरुङ्ग,देवीदह,कलमे,सीमटार,कत्लेभञ्याङ्ग क्षेत्र र झिल्केगाँउ, धान उत्पादनका लागि प्रसिद्धि कमाएको सोतिबेंशी, सखुवाको जंगलको अवलोकन र साँस्कृतिक विविधता, खानपिन रहनसहन     ग्रामिण जनजीवनको अवलोकन गर्न सकिन्छ । यहाँ आगन्तुक पाहुनाहरुको लागि होमस्टे प्रणालीको खाने र बस्ने सुविधा रहेकोछ ।
फाल्गुनन्द माङ्गहिमः
फाल्गुनन्दको जन्म वि.सं. १९४२÷०७÷२५ गते भएको थियो । वि.सं.१९९४मा फाल्गुनन्द आई फलामे चिम्टा गाडेको स्थान सिद्धिथुम्का गाविस वा.न.ं ६ गोर्खे गाउँमा सस्थापक श्री दिर्जहाङ्ग एक्तेनले फाल्गुनन्द माङ्गहिम निर्माण गरी कात्तिक फाल्गुनन्द जयन्ती र माघ महिनामा उद्मौली उभौली सेवा गर्ने र विहान बेलुका धुप बाती विधिको विधान १०८बत्ती ाबलने गरिन्छ । झ्याम्टा, एकतारे, डमरु,चौरीको चम्मर,फाल्गुनन्दको अनिवार्य फाटो राखि किराँत धर्म अनुयायीहरुले आस्थाको केन्द्र बनाएका छन् ।
रातो पानी ः–
सिद्धिथुम्का गा.वि.स. वा.नं. ६ गोर्खे गाउँको लङ्गखुवा खोलाको शिरमा जंगलमा रातो पानी बग्ने गर्दछ । यस क्षेत्रमा तामाको खानी भएको बुढापाका मानिसहरुको भनाई छ । यहाँ विभिन्न प्रकारका प्रजातिका वनस्पती, पशुपंक्षी, चराचुरुङ्गीहरुको अवलोकन गर्न सकिन्छ ।
पङखेलुङ्ग झरना
    सिद्धिथुम्का गाविसको वडा नम्बर  नौ मा रहेको पङखेल’ङ गाउँ र वास्थल गाउँको बीचबाट बग्ने  पङखेलुङ्ग खोलामा रहेको यस झरना आकर्षक रहेको छ । सोयाक भञ्ज्याङ्गबाट एक हजार पाँच मिटर मुनि रहेको यस झरनामा पुग्नका लागि सडक यातायातको व्यवस्था छ । स्थानिय बासिन्दाहरुले काली दह, चङ्गलङ्ग पहराका नामले चिनिएको यो झरना ढुङ्गाको प्राकृतिक रुपमा २ तले  झरना करीब ५० मिटर अग्लो चित्त आर्कषक मनोरम रहेकोछ ।
झरनाको छाँगोले बनेको ढुङ्गाको करिब ७ फिट गहिरो दहमा पानीको फोहोरा डुबुल्की मारी पानी पुन अर्को छाँगामा बहदा झरनाको दृश्य अति मनोरम देखिन्छ । यस खोलामा पाहा पाइने भएकोले स्थानीय बासिन्दाले यस झरनामा पाहा मार्न जाने गरेकोले जैविक विविधताको दृष्टिकोणले अति महत्वपूर्ण रहेकोछ । धेरै बर्ष पहिले यहाँ चङ्गलङ्ग भन्ने राक्षस बस्दथियो भन्ने बुढापाकाको भनाई छ ।
संरक्षणको अभावमा यस २ तले पंखेलुङ्ग झरना इलाम जिल्लाकै झरना मध्ये एक महत्वपूर्ण मान्न सकिन्छ । मोटर बाटोबाट करिब आधा घण्टाको रमाइलो यात्रा गरी आराली उकाली स्थानिय मौलिक रहन सहनको अवलोकन गर्दै झरनाको दृष्यावलोकन गर्न सकिन्छ । स्थानिय होम स्टे, खान बस्नको लागि व्यावस्था मिलाइएको छ ।

सिद्धिथुम्कासम्को यात्रा
    सिद्धिथुम्का  गन्तब्यका लागि मुख्यतया तीनवटा मार्गहरु रहेका छन् । जसमध्ये मोटरबाट जानका लागि इलाम सदरमुकामबाट नेपालटार मंगलबारे जितपूरे बजार हुदै पिप्लीभञ्ज्याङ्ग अजम्बरे डाँडा अवलोकन गरी  पञ्चमी बजार पुग्न सकिन्छ । भने हिउँदमा इलामकै गोलाखर्क भञ्ज्याङ्गबाट पूवाखोला सटके बगर साङरुम्बाको मसार रातेखोला हुदै गोर्खे गाउँ फाल्गुनन्द माङहिम मन्दिर अवलोकन गरी पञ्चमी बजार पुगिन्छ भने साङ्गरुम्बा रातेखोला सिम्ले हुलाकडाँडा पंचमी बजार सहजै पुग्न सकिन्छ ।
यसबाहेक झापाको बिर्तामोड, खुदुनाबारी, इलामकै दानाबारी चिसापानी सोयाक हुदै सिद्धिथुम्काको नामथला सूचना केन्द्र भवन भएर पञ्चमि बजार पुग्न सकिन्छ । सडक मार्ग भएर पनि त्यहाँ पैदल पुग्न सकिन्छ । इलाम सदरमुकाम  गोलाखर्क भञ्ज्याङ्गबाट पूवाखोला सटके बगर साङरुम्बाको मसार रातेखोला हुदै सिम्ले वा सोयाक निन्दाखु  याङ्गनाम पंङ्गखेलुङ्ग नामथला सूचना केन्द्र भवन   सडकबाट सहजै समेत  सिद्धिथुम्का पुग्न सकिन्छ । इलाम बजारबाट सिद्धिथुम्का पुग्न तीन घण्टा लाग्दछ ।
सदरमुकाम देखि नजीकै रहेको पर्यापर्यटकीय सम्भावना रहेको यस गाविसमा पर्यटनको पुर्वाधार र प्रचार प्रसारको दृष्टिले भने निकै पछाडि रहेको छ । योजनाबद्ध विकासको अभावमा गाविसमा रहेका धेरै प्राकृतिक, जैविक तथा सास्कृतिक सम्पादहरु क्रमशः ओझेलमा पर्न थालेकाछन् । अर्कातिर तिनको दिगो संरक्षण र विकास गर्न नसक्दा यसबाट लिन सकिने लाभबाट समेत बञ्चित हुनु परेको अवस्था विद्यमान रहेकोछ । गाविससँग श्रोत साधनको अभावले गर्दा स्थानीय पहलहरुलाई समेत सार्थक बनाउन सकिएको छैन । यसका साथै जिल्लाकै दक्षिण पश्चिमको प्रवेशद्धरको रुपमा रहेको यो क्षेत्रको पर्यटन विकास गर्न नसक्दा जिल्लामा आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्यालाई बढाउन कठिन भएको छ भने पर्यटकलाई लामो अवधि सम्म राख्नका लागि सदरमुकाम नजिकै रहेको यस क्षेत्रलाई अगाडी बढाउन सकिएको छैन ।
यद्यपि प्रथम सिद्धिथुम्का पर्यटन महोत्सव को उपलब्धी स्वरुप यस क्षेत्रमा पर्यटकीय सचेतना, चासो र माहोल बढ्दै गएको छ । यसलाई निरन्तरता प्रदान गर्नु अबको प्रमुख जिम्मेवारी रहेकोछ । भर्खरै उत्साहजनक हुन थालेको स्थानीय पर्यटनलाई थप विकास र विस्तार गर्दे अगाडी बढ्ने कुरालाई मध्यनजर गरी दोश्रो सिद्धिथुम्का पर्यटन महोत्सवको आयोजना गर्नु र पर्यटकीय पुर्वाधार निर्माण तर्फ लाग्नु पर्ने तथ्यलाई समग्र इलाम जिल्लाले नै आत्मसाथ गरिसकेकोछ ।
सिद्धिथुम्का क्षेत्रको भौगोलिक तथा पर्यावरणीय अनुकुलता, सम्भावना र अवसरलाई पर्यटन विकासका माध्यमबाट यहाँको समग्र विकास सम्भव हुने तथ्य र यस क्षेत्रमा रहेको भौगोलिक, प्राकृतिक, जैविक, समाजिक आर्थिक तथा सास्कृतिक विविधता र विशिष्टताको संरक्षण, सम्बद्र्धन र विकास गर्न सक्ने प्रचुर सम्भावनालाई आत्मसात् गर्दै सिद्धिथुम्काको पर्यटन विकासलाई व्यवस्थित, संगठित, प्रभावकारी र स्थानीय जनाताको सहभागिता, सहयोग र विभिन्न सरोकारवालाहरुसँगको सम्बन्ध र सहयोग समेतलाई योजनाबद्ध ढंगले संस्थागत रुपमा अगाडी बढाउन आवश्यक महशुस भएकाले अगामी मंसीर ५ देखि ७ गते सम्म दोस्रो सिद्धिथुम्का पर्यटन महोत्सव आयोजना गर्न लागिएको हो ।
यो महोत्सवको आयोजनाले सिद्धिथुम्का र आसपासका अन्य महत्वपुर्ण पर्यटकीय गन्तब्यहरुको पहिचान, प्रचार प्रसार र विकासमा टेवा पुग्नेछ । सिद्धिथुम्का चुलीबाट देखिने मनोरम दृश्यावलोकन, सुर्योदय र सुर्यास्तको दृश्यावलोकन, ऐतिहासिक खान्द्रुङ्ग गुफाको भ्रमण, दक्षिणको माइलुपको दृश्यावलोकन तथा यहाँको विभिन्न जातजातीको मौलिक रहनहन र सास्कृतिक रितीरिवाजहरुको अध्ययन अनुसन्धान र अवलोकनका लागि यो महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकहरु वृद्धि र विस्तार गर्ने विश्वास गरिएकोछ ।
यसका साथै महोत्सवको आयोजनाले जिल्लाका अन्य क्षेत्रहरुको पर्यटकीय विकासमा समेत यसले सकारात्मक प्रभाव पार्नेछ । पर्यटनलाई आर्थिक विकासको आधारका रुपमा समेत लिइनु पर्दछ । यस क्षेत्रमा पर्यटनको विकास गर्न सकिएको खण्डमा आयआर्जन र रोजगारीको अवसरहरु समेत सिर्जना हुने देखिन्छ । जसबाट स्थानीय बासिन्दाहरुको जीविकोपार्जनमा सुधार हुनुका साथै गरीवि न्युनिकरणमा समेत सहयोग पुर्याउनेछ ।

युवराज घोर्साइ
 


यसमा तपाईको मत

पर्यटन
पोखरी निर्माणको लहर
पोखरी निर्माणको लहर

इलाम – जमुनामा रहेको ढाप सीमासार क्षेत्रलाई पोखरीको रुप दिइएपछि अहिले रमणीय भएको छ । करिव ३५ रोपनीमा पानी जमेपछि स्थानीय डुङ्गा चलाउने र माछा

भिडियो
फेसबुक