समाचार
माइभ्यालि गोल्डकपमा झापा सेमिफाइनलमा प्रबेश पोखराको साहारा फूटबल क्लब २–१ गोल अन्तरले पराजित

उपाधिको बलियो दाबेदार टिम मानिएको तथा राष्ट्रिय ए डिभिजन लिगमा पहिलो
पटक मोफसलबाट सहभागिता जनाएर तहल्का मच्चाएको झापा ११ झापा इलाममा
जारी माइभ्यालि गोल्डकपको सेमिफाइनलमा प्रबेश गरेको छ । झापाले उपाधिकै
अर्को दाबेदार टिम मानिएको पोखराको साहारा फूटबल क्लबलाई शोमबार २–१
गोल अन्तरले पाखा लगाउँदै झापाले सेमिफाइनलको यात्रा तय गरेको हो ।
खेलको १४ औं मिनेटमा योगेश गुरुङले प्रहार गरेको फ्रिकिमा गोलले जालि
चुमेपछि झापाले शुरुवाती अग्रता गरेको थियो । त्यसपश्चात दुवैटिमले एकपछि
अर्को आक्रमण दुवै पोष्टमा गरेको थियो । तर साहाराको गोलपोष्ट
सम्हालेका सुजित गुरुङ र झापाको गोल पोष्ट सम्हालेका किशोर गिरी दुवै
टिमका लागि बाधक बने । किशोरले साहाराका खेलाडिले प्रहार गरेका केहि
प्रहारहरुको उत्कृष्ठ्ट बचाउ गरे भने सुजितले झापाको केहि शसक्त प्रहारलाई
उत्कृष्ट बचाउ गर्दै टिमलाई न्याय दिलाएका थिए । पहिलो हाफमा एकशुन्यले
अगाडि रहेको झापाले दोस्रो हाफमा भने अग्रतालाई बचाउन सकेन । खेलको
७१ औं मिनेटमा साहाराका भिक्टोरले गोल गर्दै टिमलाई १–१ को बराबरिमा
पुरयाए । तर त्यसको ३ मिनेट बित्न नपाउँदै अर्थात ७५ औं मिनेटमा झापाको
तर्फबाट बिशाल राई गोल गर्दै झापालाई २–१ को गोल अन्तरमा पुरयाउन
सफल भए । तर निर्धारित समयसम्म गोल फर्काउन नसक्दा पोखरा क्वार्टरफाइनल
खेलबाटै बाहिरीन बाध्य बन्यो । अन्य दिनको तुलनामा भन्दा शोमबारको खेलमा
दर्शकको उपस्थिति अत्यधिक रहेको थियो । मैदानको तीन दिशामा बनाइएको
बाँसको अस्थायि प्याराफिट र उत्तरी दिशामा रहेको प्याराफिटमा बस्ने ठाउँसम्म
थिएन । झापाले अधिकाँश दर्शकको माया र साथ पाएको थियो । केहि दिनअघि
पोखरामा सम्पन्न आहारारा गोल्डकपको सेमिफाइनलमा झापालाई मनाङले
हराएको थियो भने, साहारालाई त्रिभुवन आर्मिले हराएको थियो । पोखरामा
एक आपसमा नभिडेका यि दुई टिमको भेट इलाममा माइभ्यालि गोल्डकपमा भ्एको
हो । शोमबारको खेलमा झापाका योगेश गुरुङ म्यान अफ दि म्याच घोषित भए
। उनलाई नगद पाँचहजार रुपैंयाँले पुरस्कृत गरीयो । प्रतियोगितामा
मंगलबारको अन्तिम क्वाटरफाइनल खेल बिभागिय टिम त्रिभुवन आर्मि काठमाडौं र
भारत ग्यान्टोकको फूटबल क्लबबीच हुनेछ । माइभ्यालि फूटबल क्लब र जिल्ला
फूटबल संघ इलामको संयुक्त आयोजनामा ठूलो टुडिखेलमा भइरहेको
प्रतियोगितामा नेपाल र भारतका दशटिमले सहभागिता जनाएका छन् ।
प्रतियोगिताको बिजेताले नगद तीनलाख ५० हजार रुपैंयाँ र उपविजेताले नगद
एकलाख ७५ हजार रुपैंयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताको फाइनल खेल माघ २३ गते हुनेछ ।


यसमा तपाईको मत

पर्यटन
पोखरी निर्माणको लहर
पोखरी निर्माणको लहर

इलाम – जमुनामा रहेको ढाप सीमासार क्षेत्रलाई पोखरीको रुप दिइएपछि अहिले रमणीय भएको छ । करिव ३५ रोपनीमा पानी जमेपछि स्थानीय डुङ्गा चलाउने र माछा

भिडियो
फेसबुक