समाचार
माइभ्यालि गोल्डकप फूटबलमा भारतका तीनवटै पाहुना टिम बाहिरीयो आर्मिसंग शेर एफसि २–१ गोल अन्तरले पराजित

भारतका तिनवटै पाहुना टिम इलाममा जारी माइभ्यालि गोल्डकप फूटबल प्रतियोगिताबाट बाहिरीएको छ । मंगलबार सम्पन्न अन्तिम क्वार्टरफाइनल खेलमा भारत कालेम्पोङ स्थित शेर फूटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै बिभागिय टिम त्रिभुवन आर्मि सेमिफाइनलमा प्रबेश गरेको हो । यो संगै भारतका तीनवटा पाहुना टिमहरु दुर्गा स्टेट कोलकत्ता र ग्लोबल फूटबल क्लब आसाम प्रतियोगिताबाट बाहिरीएको हो । आर्मिको जीतमा दिप लामाले खेलको ९ औं मिनेटमा पेनेल्टि एरीयाबाट पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता दुइमिनेट नहुँदै कालेम्पोङले तोडिदियो । ११ औं मिनेटमा दिवस राईले प्रहार गरेको कर्नरलाई शैलेश शंकरले हेड मार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याउन सफल भए । अति नै रोमाञ्चक र प्रतिष्पर्धात्मक भएको खेलमा पहिलो हाफ १–१ को बराबरीमा सकियो । दोस्रो हाफमा दुवै टिम नयाँ रणनितिमा मैदानमा उत्रिदाँ कालेम्पोङले एकपछि अर्को गोल गर्ने अवसरहरु पाएपनि त्यसको सदुपयोग भने गर्न सकेन । उता आर्मिले पनि अवसरहरु भने नपाएका हैन्न् । पटक–पटक प्रहार गरेका बललाई कालेम्पोङका गोलरक्षकले उत्कृष्ट बचाउ गर्दै बिफल तुल्याएका थिए । तर खेलको ७५ औं मिनेटमा आर्मिका हिरण्य मगरले प्रहार थ्रो बललाई वान टचमा भरत खवासले पेनेल्टि डिभक्सबाट प्रहार गरेको बलले जालि चुमेपछि आर्मिले २–१ गोल अन्तरले अग्रता लिन सफल भयो । त्यसपश्चात पनि कालेम्पोङले गोल गर्ने केहि अवसरहरु पाएपनि आर्मिका डिफेन्स लाइन र गोलरक्षकले बिफल तुल्याउँदा पाहुना टिमको रुपमा रहेको कालेम्पोङपनि क्वार्टरफाइनलबाटै बाहिरीन बाध्य बन्यो । माइभ्यालि गोल्डकप फूटबलको गतबर्षको डिफेण्डिङ्ग च्याम्पियन त्रिभुवन आर्मिले कालेम्पोङलाई सहजै जित्ने उच्च मनोबलका साथ मैदान पसेपनि त्यो उसका लागि दिवा सपना बन्न पुग्यो । एक गोल अन्तरले मात्र जित निकाल्न सफल बनेको आर्मिलाई खेलको शुरुवातबाटै कालेम्पोङले  ठूलो धक्का दिएको । आर्मिको मंगलबारको जित निकै संघर्षपूर्ण रहेको प्रशिक्षक मेघराज केसिले बताउनुभयो । आर्मिले सेमिफाइनलमा अर्को बिभागिय टिम सशस्त्र प्रहरीको (एपिएफ) संग बिहिबार खेल्नेछ । केहिदिनअघि पोखरामा सम्पन्न आहारारा गोल्डकपमा आर्मि फाइनलमा मनाङ मरस्याङदिसंग १–शुन्य गोल अन्तरले पराजित हुँदै उपविजेता बनेको टिम हो । मंगलबारको खेलमा शेर फूटबल क्लब कालेम्पोङका इसाक लेप्चा म्यान अफ दि म्याच घोषित भए । उनलाई नगद पाँच हजार रुपैंयाँले पुरस्कृत गरीयो । प्रतियोगितामा बुधबारको सेमिफाइल खेल उपाधिको दाबेदार टिमहरु रमपम झापा ११ झापा र रुपन्देहि ११ रुपन्देहिबीच हुनेछ ।


 


यसमा तपाईको मत

पर्यटन
पोखरी निर्माणको लहर
पोखरी निर्माणको लहर

इलाम – जमुनामा रहेको ढाप सीमासार क्षेत्रलाई पोखरीको रुप दिइएपछि अहिले रमणीय भएको छ । करिव ३५ रोपनीमा पानी जमेपछि स्थानीय डुङ्गा चलाउने र माछा

भिडियो
फेसबुक