समाचार
झापा एघारले चुम्यो माइभ्याली गोल्डकपको उपाधि

इलाममा जारी दोस्रो टुवोर्क माईभ्यालि अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि झापा ११ले हात पारेको छ । शनिवार इलाम सदरमुकामको ठुलो टुँडिखेलमा सम्पन्न फाइनल खेलमा ससस्त्र प्रहरीको एपिएफ फुटवल क्लवलाई शुन्यका विरुद्ध दुई गोल गर्दै उपाधि माथी कव्जा जमाएको हो । जीतकालागि झापा जर्सी नम्वर १० का खेलाडी विशाल राईले पहिलो गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको ७५ औँ मिनेटमा १७ का खेलाडी योगेश गुरुङले थप एक गोल गर्दै जित शुनिष्चित गरेका हुन् । उपाधिसँगै झापा ११ले नगद तीनलाख पचास हजार सहित ट्रफी मेडल र प्रमाणपत्र हात पारेको छ भने प्रतियोगिताको दोस्रो हुने एपिएफले नगद एक लाख पचहत्तर हजार सहितट्रफी मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । गत माघ १४ गतेबाट सुरु प्रतियोगितामा भारतका तीन सहित नेपालका सात गरि जम्मा १० टीमको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।


यसमा तपाईको मत

पर्यटन
दोस्रो दिन पनि इलाम महोत्सव जारी

बैशाख २, इलाम  इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दुईसयबर्ष पूरा भएको अवसरमा “इलाम ः हाम्रो गौरव” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा हिजोबाट सुरु भएको तीनदिने इलाम महोत्सवको दोस्रो दिन आज बिभिन्न कार्यक्रम भएका छन् ।  इलामनगरपालिकाले आयोजना गरेको महोत्सवको दोस्रो दिन आज साहित्य सम्मेलन, बास्केटबल खेलको फाइनल खेल, इलामेली अग्रजहरुको पुर्नमिलनका साथै इलामको समृद्धिका सन्दर्भमा बिचार

भिडियो
फेसबुक