समाचार
अपहरण गरी रकम असुल्ने चार युवा इलाम नगरपालिकाबाट पक्राउ
अपहरण गरी रकम असुल्ने चार युवा इलाम नगरपालिकाबाट पक्राउ

चारजना युवाको एक समूहले दुई ब्यक्तिलाई अपहरण गरी धाकधम्कि दिई पैसा
असुल गरेको छ । जिल्ला बन कार्यालय इलामले दक्षिणि सेक्टर वन कार्यालयमा
बरामद गरेका काठको लिलामिका लागि ठेक्का आव्हान गरेपछि टेण्डर हाल्न इलाम
आइपुगेका झापा दमक नगरपालिका ३ का मुक्ति प्रसाद शिबाकोटी र वडा नम्बर १५
का उमेश कार्किलाई अपहरण गरी इलाम नगरपालिका भित्रै रहेको एक होटलमा लगि
एकलाख रुपैंयाँ असुल गरेको हो । युवाको समूहले नेपाल बैंक इलाम
परिसरबाट धम्कि दिइ अपहरण गरेर  होटल पुरएर एकलाख रुपैंयाँ असुलेको र
एकलाख रुपैंयाँ पन्ध्रदिनभित्र दिन भन्दै जवरजस्ति कागज गराएका थिए । उक्त
घटनाको सुचना प्रहरीसमक्ष पुगेपछि प्रहरीले राति नै अपहरणमा संलग्न चारैजना
युवालाई पक्राउ गर्न समेत सफल भएको छ । पक्राउ पर्नेमा इलाम चुलाचुली–१ का
३५ वर्षीय पूर्ण लावती, दमक नगरपालिका–१० का २३ वर्षीय सन्देश लिम्वू,
झापा तोपगाछी–७ का २६ वर्षीय युके सुव्वा र तोपगाछी–५ का २८ वर्षीय
नवराज राई रहेका छन् । वन कार्यालय इलामले बिहीबार खोलेको काठको
लिलामी टेण्डरमा टेण्डर हाल्न शिवाकोटी र कार्कि इलाम आएका थिए । शिबाकोटि
र कार्किबाट एकलाख असुलेपछि तथा पन्ध्रदिनभित्र पुन एकलाख रुपैंयाँ बुझाउने
कागज गरेपछि उनीहरुले दुवैलाई मुक्त गरेका थिए । मुक्त भएपछि राती नै
प्रहरीमा पुगेका शिबाकोटीले प्रहरीलाई घटनाको बारेमा बिस्तृत बिबरण
सुनाएपछि राति नै प्रहरीले सदरमुकामको दुईवटा होटलबाट उनीहरुलाई पक्राउ
गर्न सफल भएको इलामका प्रहरी नायब निरीक्षक रुद्र चुँडालले बताउनुभयो ।
पक्राउ परेका उनीहरुको साथबाट नगद दुईलाख ६१ हजार पाँचसय रूपैयाँ, रकम
असुलिका लागि गरिएको तमसुक, चारथान टेण्डर फाराम, बिभिन्न स–मिलहरुको छाप
चारथान, स्टयाम्प प्याड एकथान र को १० प ५६२९ नम्बरको पल्सर मोटरसाइकल समेत
बरामद गरेको छ । पक्राउ परेका चारैजनालाई अपहरण तथा शरीर बन्धक अन्तर्गत
मुद्धा दर्ता गरेर कार्वाहि प्रकृया अगाडि बढाएको प्रहरी नायब उपरीक्षक
(डिएस्पि) प्रकाश रानाभाटले बताउनुभयो । जिल्ला वन कार्यालयले विभिन्न समयमा
बरामद गरेको ७ सय ८१ दशमलब शुन्य २ क्यूफिट साल र ६ सय ९ दशमलब ३४
क्यूफिट कुकाठ लिलामीका लागि टेण्डर आव्हान गरेको थियो । टेण्डर
आव्हानपछि जम्मा १९ वटा फर्म बिक्रि भएको तर फर्म दर्ता एउटै पनि नभएको
जिल्ला बन कार्यालय इलामका सहायक बन अधिकृत सुनीलकुमार सिंहले बताउनुभयो ।
बनमा टेण्डर हाल्ने अन्तिम समय बिहिबार दिउँसो ४ बजे सम्म रहेको थियो । तर
ढिलो गरि एउटा फर्म आएकाले फर्म दर्ता नगरेको वन कार्यालयले बताएको छ ।

 


यसमा तपाईको मत

पर्यटन
पोखरी निर्माणको लहर
पोखरी निर्माणको लहर

इलाम – जमुनामा रहेको ढाप सीमासार क्षेत्रलाई पोखरीको रुप दिइएपछि अहिले रमणीय भएको छ । करिव ३५ रोपनीमा पानी जमेपछि स्थानीय डुङ्गा चलाउने र माछा

भिडियो
फेसबुक