समाचार
इलाम जिल्लाका गाउँ गाउँबाट प्रहरी चौकिको माग
इलाम जिल्लाका गाउँ गाउँबाट प्रहरी चौकिको माग
प्रहरि चौकिहरु नभएका इलाम जिल्लाका ग्रामिण भेगमा बासिहरु दिनप्रतिदिन असुरक्षित बन्दै गइरहेको महसुस गर्न थालेका छन् ।
                      जिल्लाका २० वटा गाबिसमा सुरक्षा संयन्त्रको पहुँच पुग्न नसकेको र त्यस स्थानमा प्रहरि चौकि नभएको र प्रहरिको उपस्थिति समेत पातलो हुने भएको भन्दै प्रहरि चौकि नभएका गाबिसका बासिहरु प्रहरि चौकि स्थापनाको माग गर्दै आएका छन् । जिल्लाका फाकफोक, चमैता, पुवामझुवा, माइमझुवा, शान्तिडाँडा, इभाङ, धुसेनि, शान्तिपुर, बरबोटे, सोयाङ नाम्सालिङ, प्याङ, गोदक, शिद्धिथुम्का, सोयाक, साङरुम्बा, साक्फारा र सुम्बेक गाबिसमा हालसम्म प्रहरि चौकिहरु स्थापना भएका छैनन् ।
             यी गाबिस मध्ये नाम्सालिङ लगायतका केहि गाबिसहरुमा २०५२ सालसम्म अस्थायि प्रहरि चौकिहरु रहेतापनि सशस्त्र द्धन्दको समयमा सुरक्षाको कारण देखाउँदै प्रहरि चौकिहरु बिस्थापित भएपछि हालसम्म ती गाबिसमा समेत प्रहरि चौकिहरु पुर्नस्थापना भएका छैनन् । यी गाबिसका बासिन्दाहरुले गाउँमा असुरक्षाको कारण देखाउँदै प्रहरि चौकि स्थापना हुनुपर्ने माग गर्दै आएका हुन् । जसमा नाम्सालिङ, शान्तिपुर, साक्फारा गाबिसका बासिन्दाबाट प्रहरि चौकि स्थापना गरिदिनका लागि त्यस क्षेत्रका बासिन्दाहरुले पटक पटक जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा माग समेत समेत गर्दै आएका छन् । प्रहरि चौकि नभएका गाबिसमा प्रहरि चौकि स्थापना गर्नका लागि जिल्लाबाट धेरै पहल भइरहेको प्रहरी नायब उपरीक्षक प्रकाश रानाभाटले बताउनुभयो । जसका लागि जिल्ला सुरक्षा समितिबाट विभागमा यस बिषयमा पत्राचार गरिसकेको जनाउँदै हेडक्वार्टर तथा गृहमन्त्रालय र अर्थमन्त्रालयबाट स्विकृति भएर आएमात्र प्रहरि चौकि स्थापना हुनसक्ने बताइएको छ ।

यसमा तपाईको मत

पर्यटन
दोस्रो दिन पनि इलाम महोत्सव जारी

बैशाख २, इलाम  इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दुईसयबर्ष पूरा भएको अवसरमा “इलाम ः हाम्रो गौरव” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा हिजोबाट सुरु भएको तीनदिने इलाम महोत्सवको दोस्रो दिन आज बिभिन्न कार्यक्रम भएका छन् ।  इलामनगरपालिकाले आयोजना गरेको महोत्सवको दोस्रो दिन आज साहित्य सम्मेलन, बास्केटबल खेलको फाइनल खेल, इलामेली अग्रजहरुको पुर्नमिलनका साथै इलामको समृद्धिका सन्दर्भमा बिचार

भिडियो
फेसबुक