समाचार
इलामको सन्दकपुर
इलामको सन्दकपुर

इलाम बजारबाट ३६ किलोमिटरमाथि चढेपछि पुगिन्छ इलामको सबैभन्दा अग्लो डाँडो, सन्दकपुर। देखिन त सूर्य जहाँबाट पनि देखिन्छ तर केही ठाउँ यस्ता हुन्छन् जहाँको सूर्य देख्दा आकाश नै आफ्नो भएजस्तो लाग्छ। इलामको सन्दकपुर त्यस्तै थुम्को हो, जहाँ धपधप बलेको सूर्य आकाशमा होइन, हेर्नेको आँखामा उदाउँछ। श्रीअन्तुसिद्धिथुम्का र सन्दकपुर; यी तीन डाँडाले इलामलाई सूर्‍योदयको जिल्ला का रूपमा चिनाएका छन्।

माइमझुवा गा.वि.स. ९ र मावु गा.वि.स.८को संगमस्थल सन्दकपुर ३६३६ मी.को उचाइमा नेपाल भारत सिमा क्षेत्रमा अवस्थित प्रसिद्ध ठाउँ हो । यहाँ बाट कार्त्तिक देखि बैशाख सम्म सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ । यही मौसममा हिउँ समेत पर्ने र लामो समयसम्म रही रहन्छ । यहाँबाट सगरमाथा कंचनजंघा लगायतका हिमालको समेत दृश्यावलोकन गर्न सकिन्छ ।

सन्दकपुर जान २ वटा बाटाहरू रहेका छन् । एउटा इलाम बजार बाट माइपोखरी देउराली माइमझुवा हुँदै एक दिनको पैदल यात्रामा पुग्न सकिन्छ भने अर्को फिक्कल, पशुपतीनगर हुदै भारतीय भूभागबाट मानेभन्ज्याङ हुँदै ट्याक्सीमा चढेर सन्दकपुर पुग्न सकिन्छ ।[१]

नेपालको पूर्वी सिमानामा पर्ने सन्दकपुरबाट नेपाल, भारतको पश्चिम बङ्गाल, सिक्किम र भुटान गरी तीन देश देख्न सकिन्छ। छेउमा उभिएर हात अघि बढाउँदा कञ्चनजंघाकुम्भकर्ण र मकालु हिमाल आफ्नै हत्केलामा उभिएजस्तो लाग्छ। आइपुग्ने बाटोको कुरा अझै बेग्लै छ।  https://www.google.com/maps/dir/27.3219151,87.2554128/Sandakpur+ilam/@26.3707755,86.7433104,8z?hl=en-US


यसमा तपाईको मत

पर्यटन
दोस्रो दिन पनि इलाम महोत्सव जारी

बैशाख २, इलाम  इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दुईसयबर्ष पूरा भएको अवसरमा “इलाम ः हाम्रो गौरव” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा हिजोबाट सुरु भएको तीनदिने इलाम महोत्सवको दोस्रो दिन आज बिभिन्न कार्यक्रम भएका छन् ।  इलामनगरपालिकाले आयोजना गरेको महोत्सवको दोस्रो दिन आज साहित्य सम्मेलन, बास्केटबल खेलको फाइनल खेल, इलामेली अग्रजहरुको पुर्नमिलनका साथै इलामको समृद्धिका सन्दर्भमा बिचार

भिडियो
फेसबुक