समाचार
राजनितिक हस्तक्षेप पछि भलिबल संघको अधिबेशनमा बिबाद
राजनितिक हस्तक्षेप पछि भलिबल संघको अधिबेशनमा  बिबाद
नेतृत्व चयनमा बिबाद उत्पन्न भएपछि जिल्ला भलिबल संघ इलामको अधिबेशन रोकिएको छ । अधिबेशन रोकिएपछि अब अधिबेशन कहिले गर्ने भन्ने टुङ्गो समेत लागेन । बिबादकै कारण अधिबेशनको उद्घाटन समेत भएन । जसबाट अधिबेशनमा भाग लिन आएका प्रतिनिधि तथा अतिथिहरु निकै आक्रोश मुद्रामा घर फर्किएका छन् ।
                        अधिबेशनमा पूरै राजनीतिक हस्तक्षेप भएको प्रतिनिधि तथा अतिथिहरुले प्रतिक्रिया दिएका छन् । यो अधिबेशन पहिलो अधिबेशन भएकोले निर्वाचन नभई सहमतिबाटै नेतृत्व चयन गर्नुपर्ने र आगामि दिनमा समितिले सदस्यता बितरण गर्नुपर्ने थियो । तर अधिबेशन नहुँदा अब भलिबल संघको क्षेत्रीय र केन्द्रिय अधिबेशनमा भाग लिन इलाम जिल्लाबाट प्रतिनिधि जान बञ्चित समेत भएको छ । एकबर्ष अघि ठाकुर श्रेष्ठको संयोजकत्वमा तदर्थ समिति गठन गरेर भलिबल संघ चलिरहेको थियो । त्यसलाई बैधानिकता दिनका लागि शनिबार प्रतिनिधि र अतिथिहरुलाई अधिबेशनमा डाकिएको थियो । नेतृत्वका क्रममा अध्यक्ष र कोषाध्यक्ष पदमा बिबाद आएपछि अधिबेशन स्थल रहेको इलाम क्यापस परिसरमा उपस्थितहरुले पटक–पटक बिबाद मिलाउने प्रयास गरेपनि सम्भव हुन सकेन ।
सुरु–सुरुमा सहमति होला जस्तो भएको थियो तर बिचमा आएर सहमति हुन सकेन, अन्तत राजनैतिक भागबण्डामै नेतृत्वमा कुरा नमिलेको उपस्थित एक प्रतिनिधिले नाम नखुलाउने शर्तमा बताए । अध्यक्षमा माधव सुवेदि र राजकुमार खातिले नछोडेपछि पुन ठाकुर श्रेष्ठलाई नै अध्यक्ष बनाएर जानेमा सहमति भइसकेको थियो, तर कोषाध्यक्षमा सुवेदि र खातितर्फबाट आएको महिलाको नाममा सहमति हुन सकेन । जसकारण भइसकेको सहमति पनि कोषाध्यक्ष पदको बिबादले अधिबेशनै हुन नसकेको बताइएको छ । दुवै पक्षले कोषाध्यक्षमा आफनो मान्छे हुनुपर्ने अडान दोहोरयाएपछि अधिबेशनै तितरबितर जस्तो भएको थियो । संघका तदर्थ समिति संयोजक ठाकुर श्रेष्ठले एकले अर्काको नेतृत्व नस्किार्दा र एकातर्फ राजनैतिकरण जस्तै देखिएपछि अधिबेशन हुन नसकेको बताउनुभयो । सहमतिका लागि पटक–पटक प्रयास गरेपनि सफल हुन नसकेको जनाउनु भयो । अधिबेशन गर्नका लागि पुन बातावरण बनाउने तयारी आफूले गर्ने श्रेष्ठको भनाई थियो । जिल्ला फूटबल संघका अध्यक्ष निरोज खड्गीले भलिबल संघको अधिबेशन पूरै राजनैतिककरण भएकोमा दुख ब्यक्त गर्दै यस्तै रहने हो भने इलाममा भलिबल खेलको बिकास कुनैपनि हालतमा माथि उठन नसक्ने प्रतिक्रिया दिनुभयो । 

यसमा तपाईको मत

पर्यटन
पोखरी निर्माणको लहर
पोखरी निर्माणको लहर

इलाम – जमुनामा रहेको ढाप सीमासार क्षेत्रलाई पोखरीको रुप दिइएपछि अहिले रमणीय भएको छ । करिव ३५ रोपनीमा पानी जमेपछि स्थानीय डुङ्गा चलाउने र माछा

भिडियो
फेसबुक