समाचार
सिंहनगरको विजयी सुरुवात

 इलाम सदरमुकाममा शनिवारबाट सुरु भएको टोलकप फुटलवको उद्घाटन तथा प्रतियोगितात्मक खेलमा सिंहनगर टोलले नविनचौक टोल ‘ए’लाई तिन गोलका विरुद्ध नौ गोल गर्दै विजय सुरुवात गरेको छ । प्रतियोगितामा जितकालागि सिंहनगरका खेलाडी सन्तोष रम्तेलले एक्लै सात गोल गरेका थिए । त्यस्तै सिंहनगरकै तर्फबाट टीम क्याप्टेन राजु थापा मगर र खेलाडी भिम लिम्वूले एकएक गोल गर्दै गोल सङ्ख्या नौ पु¥याएका थिए । नविन टोलका तर्फबाट मदन खड्काले दुई र आशिष रम्तेलले एक गोल गरेका थिए ।  
क्लब ओएसिसले आयोजना गरेको प्रतियोगितामा इलाम नगरपालिका भित्रका १० टीमले सहभागिता जनाएको अध्यक्ष च्यान्द्रु लिम्वूले जानकारी दिए ।  
प्रतियोगिता सुरु भएकै दिन अर्थात शनिवार आयोजक समितिका सचिव च्याङ मुखियाकी आमाको मृत्यू भएका कारण निर्धारित खेल तालिका एक दिन पछि हुने अध्यक्ष लिम्वूले वताए । प्रतियोगिताको फाइनल खेल जेठ १५ गते हुने जनाइएको छ । एक दिन खेल तालिका सर्दा फाइनल खेलको अघिल्लो दिन १४ गते समेत प्रतियोगिता सञ्चालन हुने वताइएको छ ।
 


यसमा तपाईको मत

पर्यटन
दोस्रो दिन पनि इलाम महोत्सव जारी

बैशाख २, इलाम  इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दुईसयबर्ष पूरा भएको अवसरमा “इलाम ः हाम्रो गौरव” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा हिजोबाट सुरु भएको तीनदिने इलाम महोत्सवको दोस्रो दिन आज बिभिन्न कार्यक्रम भएका छन् ।  इलामनगरपालिकाले आयोजना गरेको महोत्सवको दोस्रो दिन आज साहित्य सम्मेलन, बास्केटबल खेलको फाइनल खेल, इलामेली अग्रजहरुको पुर्नमिलनका साथै इलामको समृद्धिका सन्दर्भमा बिचार

भिडियो
फेसबुक