समाचार
दुईपटकको नेपाल च्याम्पियन श्रेष्ठ निरौलासंग स्तब्ध, प्रतियोगितामा भूपेन्द्रको एकल अग्रता

दुईपटकको नेपाल च्याम्पियन केशब श्रेष्ठ ईलाममा जारी १९ औं राष्ट्रिय चेस च्याम्पियनशीपमा क्यान्डिडेटमास्टर भुपेन्द्र निरौलासंग स्तब्ध भएका छन् ।

यो जितसंगै निरौलाले प्रतियोगितामा एकल अग्रता बनाएका छन् । शनिबार सम्पन्न चौथो चरणको खेलमा निरौलाले वर्तमान राष्ट्रिय च्याम्पियन समेत रहेका नेपाल आर्मी क्लबका क्यान्डिडेटमास्टर केशव श्रेष्ठलाई हराउँदै अग्रता लिन सफल भएका हुन् । कालो गोटिबाट खेलेका भुपेन्द्रले स्कच डिफेन्स प्रणालीमा भएको खेलको २३ औं चालमा केशवले गरेको सानो गल्तिको फाईदा लिँदै ६५ औं चालमा जीत हात पारेका हुन् । तेश्रो चरणको खेलमा सर्लाहीका कमल श्रेष्ठलाई पराजीत गरेका निरौलाको ४ खेलबाट ४ अंक भएको छ । सिवानी एयरलाईन्सको मुख्य प्रायोजन तथा नेपाल निमार्ण व्यवसायी महासंघ र गजुरमुखी निर्माण कम्पनीको सह प्रायोजनमा स्थानीय समिट होटलमा जारी च्याम्पियनशीपमा ललितपुरका ओलम्पियाड खेलाडि ३ दशमलब ५ अंकका साथ दोश्रो स्थानमा रहेका छन् ।

                           तेश्रो चरणमा फिडेमास्टर मनिष हमाललाई समेत बराबरीमा रोकेका सजिनले चौथो चरणको प्रतिस्पर्धामा राष्ट्रिय एमेच्योर च्याम्पियन क्षितीज भण्डारीलाई पराजीत गरेका हुन् । नेपाल आर्मी क्लबका हिमाल लामा, नेपाल पुलिस क्लबका पुरुषोत्तम चौंलागाईं, पूर्व राष्ट्रिय च्याम्पियन नविन तण्डुकार तथा फिडेमास्टरत्रय मनिष हमाल, बिलमलाल श्रेष्ठ र सुजेन्द्रप्रसाद श्रेष्ठले चार खेलबाट समान तीनतीन अंक बनाएका छन् । आर्मीका हिमाल तेश्रो चरणमा फिडेमास्टर सुजेन्द्रसँग बराबरीमा रोकिए भने चौथो चरणमा कमल श्रेष्ठलाई हराउन सफल भए । त्यसैगरी पुलीसका पुरुषोत्तमले तेश्रो तथा चौथो चरणमा क्रमशः काठमाडौंका भगवतीप्रसाद शर्मा तथा ललितपुुरका बाबुराजा महर्जनलाई हराए । तेश्रो चरणमा सजिनसँग रोकिएका मनिषले चौथो चरणमा समेत बिलमलालसँग बराबरीको नतिजा व्यहोरे ।

                  उता बिलमलालले तेश्रो चरणमा क्यान्डिडेटमास्टर रिजेन्द्र राजभण्डारीमाथि जीत हात पारे भने सुजेन्द्रले चौथो चरणमा भक्तपुरका विकास कुलुजुलाई हराए । केशव श्रेष्ठ, रिजेन्द्र राजभण्डारी, क्षितीज भण्डारी, ललितपुरका रविन्द्र शाक्य, झापाका प्रकाश नेपाल तथा एपीएफ क्लबका सुमित पन्तको समान २ दशमलब ५ अंक भएको छ । उता चौथो महिला राष्ट्रिय चेस च्याम्पियनसीपमा मोनालीसा खम्बु र अस्मीता अधिकारी समान ३ दशमलब ५ अंकका साथ संयुक्त अग्रता बनाउन सफल भए । पूर्व च्याम्पियन समेत रहेकी मोनाले चौथो चरणमा वर्तमान च्याम्पियन विना जयसवाललाई पराजीत गरिन भने अस्मिताले नेशनल बी च्याम्पियन सिन्दिरा जोशीलाई हराईन । सिन्दीरा, वुमन क्यान्डिडेटमास्टर सुरुची थिङ समान तीनतीन अंकमा रहेका छन् । त्यसैगरी एपिएफका शान्ता थापा, विना जयसवाल तथा संगीता जयसवालको समान २ दशमलब ५ अंक भएको छ । बिशेखा जयसवाल, आभा पुडासैनी, अनिशा न्यौपाने, सुजना लोहनी, अन्जु शाह समान दुई दुई अंकमा रहेका छन् । नेपाल बुद्धिचाल संघको आयोजना तथा ईलाम जिल्ला बुद्धिचाल संघ र गजुरमुखी चेस क्लबको स्थानीय व्यवस्थापनमा भईरहेको च्याम्पियनशीप अन्र्तगत आईतबार पाचौं तथा छैटौं चरणका खेल हुने अन्र्तराष्ट्रिय आर्विटर उमेश केसिले बताउनुभयो ।


यसमा तपाईको मत

पर्यटन
पोखरी निर्माणको लहर
पोखरी निर्माणको लहर

इलाम – जमुनामा रहेको ढाप सीमासार क्षेत्रलाई पोखरीको रुप दिइएपछि अहिले रमणीय भएको छ । करिव ३५ रोपनीमा पानी जमेपछि स्थानीय डुङ्गा चलाउने र माछा

भिडियो
फेसबुक