समाचार
भानुपथले चुम्यो टोलकपको उपाधि

          इलाम सदरमुकाम स्थित ठूलो टुडिखेलमा शनिबार सम्पन्न टोलकप फूटबल प्रतियोगिताको उपाधि भानुपथले उचालेको छ ।

                    भानुपथले सिंहनगरलाई १–शुन्यको कठिन जित निकाल्दै उपाधि चुमेको हो । भानुपथका लागि खेलको ३५ औं मिनेटमा अर्पण गुरुङले गरेको एकमात्र निर्णायक गोलको मद्धतबाट भानुपथले सिंहनगर सामू कठिन जित निकाल्दै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो । टोलकपको उपाधि चुमेको भानुपथले नगद २० हजार र उपविजेतामा चित्त बुझाएको सिंहनगरले नगद १२ हजार रुपैंयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगिताको बिजेता तथा उपविजेता टिमलाई जिल्ला फूटबल संघका अध्यक्ष निरोज खड्गी आयोजक कमिटिका अध्यक्ष डाक्टर च्यान्द्रु लिम्बू लगायतले पुरस्कार र प्रमाण पत्र प्रदान गर्नुभयो । क्लब ओएसिसले आयोजना गरेको प्रतियोगितामा दश टिमले सहभागिता जनाएको थियो । यूवाहरुलाई लागूपदार्थ दुव्र्यसनीबाट न्युनिकरण गर्ने उद्येश्य र फूटबलमा नयाँ नयाँ खेलाडि उत्पादन गर्ने उद्येश्यले यस प्रतियोगिताको आयोजना गरेको आयोजकले जनाएको छ ।


यसमा तपाईको मत

पर्यटन
पोखरी निर्माणको लहर
पोखरी निर्माणको लहर

इलाम – जमुनामा रहेको ढाप सीमासार क्षेत्रलाई पोखरीको रुप दिइएपछि अहिले रमणीय भएको छ । करिव ३५ रोपनीमा पानी जमेपछि स्थानीय डुङ्गा चलाउने र माछा

भिडियो
फेसबुक