अन्तर सदनात्मक छात्र/छात्राको फूटबल प्रतियोगिता
इलामको सूर्योदय नगरपालिका स्थित बीरेन्द्र माविमा नेविसंघ मावि इकाइले अन्तर सदनात्मक छात्र/छात्राको फूटबल प्रतियोगिता सम्पन्न गरेको छ । चार-चारवटा सदनले भाग लिएको प्रतियोगितामा छात्रतर्फ निलो सदनले हरियो सदनलाई टाइब्रेकरमा ५–३ र छात्रातर्फ पहेंलो सदनले हरियो सदनलाई टाइब्रेकरमै ४–३ गोल अन्तरले पछि पार्दै उपाधि जितेको हो ।
प्रतियोगितामा बिजेता टिमलाई संघका जिल्ला सहसचिब टिकाराम पुरी, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति सुबास घिमिरे सहित किरण कटटेलले ट्रफि तथा प्रमाण पत्र प्रदान गर्नुभएको थियो । प्रतियोगिता बिमल अधिकारीको अध्यक्षतामा भएको थियो ।