समाचार
हेरीटेजलाई उपाधि
 हेरीटेजलाई उपाधि

                                 पेनेल्टी सुटआउट (टाइब्रेकर) मा ज्योति बिद्या मन्दिरलाई ४–३ गोल अन्तरले स्तब्ध पार्दै हेरीटेज नेशनल एकाडेमिले इलाममा शनिबार सम्पन्न कोकाकोला राष्ट्रिय अन्तरमावि छात्र फूटबल प्रतियोगिताको उपाधि चुमेको छ ।  

                  निर्धारित र थपिएको अतिरीक्त समयमा दुबैटिम गोलरहित बराबरिमा खेलेपछि जितको निर्णय पेनल्टी सुटआउटबाट गरीएको थियो । जसमा ज्योति बिद्याका बिबेक गुरुङ र रुपेन गुरुङ गोल गर्नबाट चुकेपछि हेरीटेजले उपाधिमाथि कब्जा जमाउन सफल भएको हो । पेनल्टी सुटआउटमा हेरीटेजका शिबहरी तामाङ, हरी सिटौला, शिशिर राई र अनमोल राईले जालि चुमाउँदा ज्योति बिद्याका महेन्द्र कार्कि, रामबहादुर खड्का र मिङमा शेर्पाले मात्र गोल गर्न सफल भए । बिबेक गुरुङले प्रहार गरेको बल गोलपोष्ट माथिबाट बाहिरीयो भने, रुपेन गुरुङको प्रहारलाई हेरीटेजका गोल रक्षक सौरभ सुवेदीले बिफल तुल्याइदिएका थिए । प्रतियोगिताको उपाधि चुमेको हेरीटेजले नगद पन्ध्र हजार रुपैंयाँ सहित ट्रफि र प्रमाणपत्र प्राप्त गरयो भने उपविजेतामा चित्त बुझाएको ज्योति बिद्या मन्दिरले नगद ८ हजार रुपैंयाँ सहित ट्रफि र प्रमाणपत्र पायो ।

                     प्रतियोगिताको फाइनल खेलमा हेरीटेजका शिशिर राई म्यान अफ दि म्याच घोषित हुँदा हेरीटेजकै गोलरक्षक सौरभ सुवेदी प्रतियोगिताकै उत्कृष्ठ खेलाडि घोषित भए । ज्योति बिद्याका महेन्द्र कार्कि भने उदियमान खेलाडिको रुपमा घोषित भए । सदरमुकाम बाहिरका दुई सहित जम्मा पन्ध्र बिद्यालयले सहभागिता जनाएको प्रतियोगिताको फाइनलमा पुगेको ज्योति बिद्याले सेमिफाइनलमा माउण्टमेची र हेरीटेजले ग्रीनभ्यालि एकाडेमिलाई हराएको थियो ।

जिल्ला फूटबल संघले आयोजना गरेको यस प्रतियोगिताबाट सोह  बर्ष मुनिका उत्कृष्ठ १८ जना खेलाडि समेत छनौट हुँदैछन् । छनौटमा परेकाले चाँडै नै हेरीटेज नेशनल एकाडेमिको नाममा क्षेत्रीय प्रतियोगिता खेल्ने संघका जिल्ला अध्यक्ष निरोज खड्गीले बताउनुभयो । 


यसमा तपाईको मत

पर्यटन
पोखरी निर्माणको लहर
पोखरी निर्माणको लहर

इलाम – जमुनामा रहेको ढाप सीमासार क्षेत्रलाई पोखरीको रुप दिइएपछि अहिले रमणीय भएको छ । करिव ३५ रोपनीमा पानी जमेपछि स्थानीय डुङ्गा चलाउने र माछा

भिडियो
फेसबुक