समाचार
युरो कप जमर्नीसँग हार्न नजान्ने इटाली

असार १८ – युरोकप फुटबल अन्तर्गत शनिबार विश्व विजेता जर्मनी र इटालीबिच प्रतिस्पर्धा हुँदैछ । यो खेललाई निकै प्रतिस्पर्धात्मक हुनेछ । राति पौने एक बजे हुने खेलमा डिफेन्डिङ च्याम्पियन स्पनेलाई क्वाटरफाइनलमा हराएकोइटाली आफ्नो प्रभावशाली इतिहासका साथ जर्मनीसँगको खेलमा मैदान उत्रँदै छ । इटालीले जर्मनी/पश्चिम जर्मनीसँग अहिलेसम्म युरोकपमा ८ पटक भएका खेलमा सबैमा जित निकालेको छ । सन् २०१२ को युरोकपसहित तीन पटक इटालीले जर्मनीलाई सेमिफाइनलमा हराएको थियो ।

तीन पटकको युरोकप च्याम्पियन जर्मनीले अहिलेसम्म पाँच पटक क्वाटरफाइनलमा पुगेकोमा सबैमा जितेको छ । यस्तै सन् १९६८ को युरोकप च्याम्पियन इटाली भने चार पटकको क्वाटरफाइनल यात्रमा दुई पटक विजयी र दुई पटक पराजित भएको छ । इटालील र जर्मनीबिच यसअघि सबै समग्रमा ३० पटक खेला भएकोमा १५ खेलमा इटाली विजयी भएको छ । तर गएको मार्चमा ३० मा भएको मैत्रीपूर्ण खेलमा भने जर्मनीले इटालीलाई ४–१ ले हराएको थियो । त्यसअघि जर्मनीले इटालीलाई हराएको भनेको सन् १९९५ मा हो । त्यसबेला ज्युरिचमा भएको मैत्रीपूर्ण खेलमा जर्मनी २–० ले विजयी भएको थियो । यस्तै सन् २०१३ को नोभेम्बर १५ मा भएको मैत्रीपूर्ण खेलमा दुई देशले १–१ को बराबरी खेलेका थिए । इटालीले सन् २००६ को विश्वकपको सेमिफाइनलमा अतिरिक्त समयको दुई गोलले जर्मनीलाई २–० ले हराएको थियो ।

जर्मनी पछिल्ला पाँच खेलमा अपराजित छ । त्यसमा यो युरोकपका चार खेल पनि समावेस छन् । सन् १९७२, १९८० र १९९६ को विजेता जर्मनी सन् २००४ को युरोकपमा भने समूह चरणबाटै बाहिरिएको थियो । इटाली आफ्ना पछिल्ला ६ खेलमा पाँचमा विजयी छ । युरोकपको अन्तिम चरणमा इटालीको यो नवौं सहभागिता हो । सन् १९९२ को युरोकपमा नखेलेको इटाली अहिलेसम्म दुई पटक (१९९६ र २००४) मात्रै समूह चरणबाटै बाहिरिएको छ । सन् १९६८ को विजेता इटाली २००० र २०१२ को उपविजेता हो ।

थिएगो मोट्टा प्रतियोगितामा दुई वटा पहेँलो कार्ड पाएका कारण जर्मनीसँगको खेलमा खेल्न पाउने छैनन् । तर जर्मनीको टिम भने पूर्ण क्षमताका साथ मैदान उत्रने छ । 

– स्रोत : युइएफए 


यसमा तपाईको मत

पर्यटन
दोस्रो दिन पनि इलाम महोत्सव जारी

बैशाख २, इलाम  इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दुईसयबर्ष पूरा भएको अवसरमा “इलाम ः हाम्रो गौरव” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा हिजोबाट सुरु भएको तीनदिने इलाम महोत्सवको दोस्रो दिन आज बिभिन्न कार्यक्रम भएका छन् ।  इलामनगरपालिकाले आयोजना गरेको महोत्सवको दोस्रो दिन आज साहित्य सम्मेलन, बास्केटबल खेलको फाइनल खेल, इलामेली अग्रजहरुको पुर्नमिलनका साथै इलामको समृद्धिका सन्दर्भमा बिचार

भिडियो
फेसबुक