समाचार
सिरियाली बालकको तस्बिर सामाजिक सञ्जालमा भाइरल

सिरियाली युद्धले विश्वलाई त्रसित पारिराखेको छ । यही त्रसित युद्धमा परेका एक बालकको तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा भाइरल भएको छ । सिरियामा हुने हवाई र आक्रमणका डरलाग्दा दृश्यले त्रसिद सामाजिक सञ्जाल प्रयोगकर्ताले एक बालकको तस्बिरलाई भाइरल बनाउका हुन् ।

यो तस्बिर सिरियाको अलेप्पोमा विद्रोही समूहको कब्जामा भएको हवाई आक्रमणमा परेका बालकको हो । हवाई आक्रमणबाट ध्वस्त भएको एक भग्नावशेषबाट उद्धार गरिएका ति बालक एम्बुलेन्समो बसिरहेको देख्न सकिन्छ ।

अन्तराष्ट्रिय सञ्चार माध्ययमले चिकित्सकलाई उद्धृत गर्दै सार्वजनिक गरे अनुसार बालक पाँच वर्षका हुन् । उनको नाम ओमरान दाक्निस हो । उनको परिवारको अवस्था अझै अज्ञात रहेको समाचारमा उल्लेख गरिएको छ ।

सिरियाका सुरक्षाकर्मीलाई रसियन सेनाले सहयोग गरिराखेको छन् । सहयोगका क्रममा भएको हवाई आक्रमणमा परी यी बालक घाइते भएको समाचारमा उल्लेख छ । दैनिक हुने हवाई आक्रमणका कारण पछिल्ला दिनमा त्यहाँ  सयौँ सर्वसाधारणले ज्याान गुमाएका छन् भने हजारौँ विस्थापित भएका छन् ।

तस्बिरमा देखिएका बालक विद्रोही समूहको कब्जामा रहेको कतेर्जी क्षेत्रमा भएको हवाई आक्रमणका घाइते हुन् । हवाई आक्रमणले ध्वस्त भएको भवनको भग्नावषेशमा भेटिएका बालकको टाउकोमा चोट लागे पनि उनी गम्भीर छैनन् ।

यद्यपी सार्वजनिक भएको बालकको तस्बिरमा उनको अनुहार रगतले लतपतिएको देखिन्छ । उनी मलिन अनुहारसहित चुपचाप बसेको देख्न सकिन्छ । सामाजिक सञ्जालमा सिरिया युद्धमा यस्ता हजारौँ बालबालिका प्रभावित भए पनि यो तस्बिर भने सामाजिक सञ्जालमा भाइरल भएको छ ।

कतिपयले भने बालकको तस्बिरलाई विभिन्न डिजाइनमा प्रस्तुत गरेका छन् । यी बालकको तस्बिर बीचमा राखेर अमेरिकी राष्ट्रपति बाराक ओबामा र रसियाली राष्ट्रपति भ्लादीमिर  पुटिनले गफ गर्दै गरेको तस्बिर बनाएर समेत सार्वजनिक गरिएको छ ।


यसमा तपाईको मत

पर्यटन
पोखरी निर्माणको लहर
पोखरी निर्माणको लहर

इलाम – जमुनामा रहेको ढाप सीमासार क्षेत्रलाई पोखरीको रुप दिइएपछि अहिले रमणीय भएको छ । करिव ३५ रोपनीमा पानी जमेपछि स्थानीय डुङ्गा चलाउने र माछा

भिडियो
फेसबुक