समाचार
पोखरी निर्माणको लहर
पोखरी निर्माणको लहर
इलाम – जमुनामा रहेको ढाप सीमासार क्षेत्रलाई पोखरीको रुप दिइएपछि अहिले रमणीय भएको छ । करिव ३५ रोपनीमा पानी जमेपछि स्थानीय डुङ्गा चलाउने र माछा पालन गर्ने सुरसारमा छन् । मेची पहाडी क्षेत्र पर्यटन प्रवर्धन विकास समिति, भू–संरक्ष्ँण कार्यालय, जिल्ला विकास समिति, गाउ“ विकास समिति र स्थानीय जनश्रमदानमा पूर्वी मोहाडामा एकसय फिट लामो ड्याम तयार भएपछि ढापक्ष्ँेत्र भरिभराउ भएको हो । जिल्लाकै अग्लो स्थान सन्दकपुर, धार्मिक जैविक महत्वको माइपोखरी रामसार क्षेत्र, टोड्के झर्ना, जमुनाको हा“गेथाम र चोयाटारको रेडपाण्डा क्ष्ँेत्रलगायत उत्तरी गाउ“का दर्जनौ पर्यटकीय क्षेत्रमा आउने पर्यटकका लागि यो क्ष्ँेत्र आर्कषणको केन्द्र बन्नेमा स्थानीय आशावादी छन् । ‘जिल्लाकै ठूलो पोखरी बनाएर पर्यटकीय गन्तव्य बनाउने हाम्रो उदेश्य हो,’ स्थानीय रमेश भट्टराईले भने, ‘आफ्नै पर्याप्त पानीको स्रोत भएको यो स्थानमा ५० रोपनी क्षेत्रमा पोखरी निर्माण गर्न सकिन्छ ।’
करिव साडे तीन सय मिटर लम्वाई र दुई सय मिटर चौडाईमा पानी भरिएको यो पोखरीमा बारबेरा, ट्रेकिङ रुट, शौचालय, पार्क, भ्यूटावर जस्ता पूर्वाधार आवश्यक छ । ‘यो सवै काम स्थानीयस्तरवाट सम्भव नभएकाले सरोकारवाला निकायले सहयोग गरिदिए सीमावर्ती भारतीय क्षेत्रवाट पनि उल्लेख्य पर्यटक भित्र्याउन सकिने संभावना छ,’ स्थानीय सन्तोष खाम्दाकले भने । सदरमुकामवाट २५ किलो मिटर उत्तरमा रहेको जमुनामा ढापक्षेत्रसहित विभिन्न ऐतिहासिक, धार्मिक, सांस्कृतिक र जैविक विविधताले भरिएका स्थान छन् । 
युवाहरुले फुटवललगायतका खेल खेल्ने जीतपुरको झ्याउपोखरीलाई पोखरीको स्वरुप दिने काम भइरहेको छ । बर्खाको भलबाढीले पुरेर सुकेको पोखरी अहिले फेरि पुनः उत्थान थालिएको हो । मेची पर्यटनको चार लाख ५० हजार रुपैया“ सहयोगसहित स्थानीय सकृयतामा पोखरीलाई पहिलाकै अवस्थमा ल्याउने काम भइरहेको छ । 
पोखरी बनेपछि पर्यटकको आगमन हुने, व्यवसायिक ढंगले संचालन गर्न सकिने, त्यसतलका पानीका स्रोत बढ्ने, आगलागी र सुख्खायाममा त्यहा“को पानी प्रयोग गर्न सकिने जस्ता फाइदा बुझेपछि जिल्लामा पोखरी निर्माणको लहर नै चलेको छ । ‘इलाम र मेचीका अन्य पहाडी क्षेत्रवाट पनि बर्षेनी पोखरी निर्माणको माग उच्च आउने गरेको छ,’ पर्यटन विकास लक्ष्ँित मेची पहाडीका कार्यकारी निर्देशक केशव धौरालीले भने, ‘पोखरी निर्माणस“गै अन्य आवश्यक पूर्वाधार निर्माण गरेर पर्यटकीय महत्वको बनाउने प्रयासमा छौं ।’
संरक्षणको अभाव सुक्दै गएका पोखरीलाई पुर्नजीवन दिन मेची पहाडीले ६० लाखको जति रकम खर्च गरिसकेको छ । माइखोलामा पनि पौडी पोखरी बनाउने काम थालिएको छ । सुखानीमा रहेको पोखरी संरक्षणको काम पनि भइरहेको छ । त्यस्तै नया“बजारमा पार्कलाई थप सौन्दर्य प्रदान गर्न पोखरी निर्माण हु“दैछ । आमचोकको उत्तरे पोखरी र फूएतप्पाका पोखरी संरक्षणका लागि बजेट विनियोजन भएको छ । सूर्योदय नगरपालिकाको थलथले पोखरी, कोल्बुङ मार्सेको अर्को पोखरी संरक्षणका लागि स्थानीयले माग गरेका छन् । त्यस्तै माइमझुवामा भएका पोखरीको संरक्षणका लागि पनि स्थानीय सकृय छन् । जिल्लामा नै धरै यो गाविसमा ११ पोखरी छन् । एक अध्ययन अनुसार यहा“ रहेका  ३९ वटा पोखरीमध्ये धेरै चौरमा परिणत भइसकेका थिए । स्थानीय प्रयास र सरकारी निकायको सहयोगपछि धेरैको पर्नउत्थान कार्य भइरहेको छ । 
 
प्लाष्टिकवाट पर्यटकीय पोखरी
कोल्वुङको पाथिभरा मन्दिर छेउमा रहेको हा“सपोखरीलाई व्यू“ताउन हरेक उपाय असफल भएपछि प्लाष्टिक लगाएर पानी जमाइएको छ । गएको महिना भारतवाट मोटो प्लाष्टिक झिकाएर लगाइएपछि करिव पा“च रोपनी क्षेत्रको पोखरीमा पानी टनाटन छ । त्यस आशपासको जैविक विविधताको रक्षा र पर्यटकीय आर्कषणलाई ध्यान दिदै हा“सपोखरी निर्माण समितिको सकृयतामा पोखरी बनाइएको हो । ‘पर्यटक आर्कषण र जैविक विविधतालाई रक्षा गर्ने उदेश्यले प्लाष्टिक प्रयोग गरेर बनाइएको यो पोखरी मूलुककै नौलो हो,’ समितिका अध्यक्ष योगेश चाम्लिङले भने । 
बारबेरा, पानीको व्यवस्थापनलगायतका कामका लागि बजेट अभाव भएको उनको भनाई छ । मेची राजमार्गस“ग जोडिएको यो पोखरी पछिल्लो समय मेची पर्यटनको पा“च लाख सहयोगले निर्माण भएको हो । २०२८ सालमा मेची राजमार्ग खुलेपछि क्रमश सुक्दै गएको पोखरी दशकपछि सडक स्तरउन्नती गर्ने क्रममा पूर्णरुपमा सुकेको थियो । चियावगानको रमणीयतामा रम्न आउनेस“गै पाथिभरा मन्दिरको दर्शनका लागि भिड बढेकाले स्थानीयमा पोखरी संरक्षणको आवश्यकता खड्किएको थियो । पोखरी आशपास रहेको वन क्षेत्रमा दुर्लभ चारसहित ३८ प्रजातिका सुनगाभा पाइन्छन् । त्यहा“ रकेका चराचुरुङ्गी र जंगली जनावारकालागि पोखरी आवश्यक देखिन्छ । पोखरी संरक्षणका लागि यस अघि पटक÷पटक गरिएका प्रयास असफल थिए । कन्यामवाट चिम्टिया माटो ल्याएर पोखरीको फेथमा रोलरले थिचेर पनि स्थानीयले संरक्षण प्रयास गरेका थिए । यो पोखरीमा निरन्तर दुई वटा हा“स रहने र झरेका पातपतिंगर हटाउने गरेको स्थानीयको भनाई छ । 
 
 

यसमा तपाईको मत

पर्यटन
पोखरी निर्माणको लहर
पोखरी निर्माणको लहर

इलाम – जमुनामा रहेको ढाप सीमासार क्षेत्रलाई पोखरीको रुप दिइएपछि अहिले रमणीय भएको छ । करिव ३५ रोपनीमा पानी जमेपछि स्थानीय डुङ्गा चलाउने र माछा

भिडियो
फेसबुक