समाचार
लागूऔषध ब्राउनसुगरसहित एक पक्राउ
लागूऔषध ब्राउनसुगरसहित एक पक्राउ

झापाको मेचीनगर नगरपालिका १० बाट प्रहरीले आज ४० ग्राम लागूऔषध ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ।

 

पक्राउ पर्नेमा जिल्ला नुवाकोट ओखरपौवा नगरपालिका ४ बस्ने २९ वर्षिय हरिनाथ कोइराला छन्। कोइरालालाई लागूऔषध नियन्त्रण ईकाई काकडभिट्टाको टोलीले आज दिउँसो १२;३० बजे पक्राउ गरेको हो।

प्रहरीले चेकजाँचकाक्रममा कोइरालाले भित्री वस्त्र (पेन्टी) मा सा-सानो पोका बनाएर लुकाई ल्याएको अवस्थामा ब्राउनसुगर बरामद भएको थियो।

पक्राउ परेका कोइरालालाई अनुसन्धानकालागी इलाका प्रहरी कार्यालय काकडभिट्टामा राखिएको छ।


यसमा तपाईको मत

पर्यटन
दोस्रो दिन पनि इलाम महोत्सव जारी

बैशाख २, इलाम  इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दुईसयबर्ष पूरा भएको अवसरमा “इलाम ः हाम्रो गौरव” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा हिजोबाट सुरु भएको तीनदिने इलाम महोत्सवको दोस्रो दिन आज बिभिन्न कार्यक्रम भएका छन् ।  इलामनगरपालिकाले आयोजना गरेको महोत्सवको दोस्रो दिन आज साहित्य सम्मेलन, बास्केटबल खेलको फाइनल खेल, इलामेली अग्रजहरुको पुर्नमिलनका साथै इलामको समृद्धिका सन्दर्भमा बिचार

भिडियो
फेसबुक