समाचार
जिल्ला प्रहरी कार्यालय पाँथरबाट बैदेशिक रोजगारीको लागी परामर्श सेवा शुरु
जिल्ला प्रहरी कार्यालय पाँथरबाट बैदेशिक रोजगारीको लागी परामर्श सेवा शुरु

मिति २०७३/०५/१३ गते जिल्ला प्रहरी कार्यालय पाँचथर र सामुदायिक सेवाकेन्द्र पाँचथरले बैदेशिक रोजगारीमा जाने महिला तथा पुरुषहरुको लागी विशेष परामर्श दिने उद्धेश्यले जिल्ला प्रशासन कार्यालय पाँचथरमा परामर्श डेस्कको स्थापना गरी बैदेशिक रोजगारीको तयारीमा रहेका हरुलाई परामर्श कार्यक्रम संचालन गरेको छ ।

जिल्ला प्रशासन कार्यालय पाँचथरमा नागरिकता बनाउन आउने संगसंगै बैदेशिक रोजगारीमा जानको लागी राहदानीको आवेदन फारम समेत भर्ने र एम.आर.पी. तैयार भैसकेकाहरु लिन आउने गरेको हँदा सोही सस्थानलाई उपयुक्त स्थानको रुपमा छनौट गरी जिल्ला प्रशासन कार्यालय पाँचथरसंग सहकार्य गरी सोही कार्यालयमा परामर्श डेस्कको स्थापना गरी दैनिक जसो सो कार्यक्रम संचालन गर्ने उद्धेश्य राखीएको छ । परामर्श डेस्कमा जिल्ला प्रहरी कार्यालय पाँचथर बाट खटीएका प्रहरी कर्मचारीहरुले बैदेशिक रोजगारीमा गएका व्यक्तिहरुले रोजगारीको क्रममा भोगेका समस्याहरु, त्यसबाट सुरक्षित हुने उपायहरु, बैदेशिक रोजगारीमा जानु पूर्व अपनाउनु पर्ने सावधानीहरु, बैदेशिक रोजगारीमा जादा पुर्याउनु पर्ने कानुनी प्रावधान र विदेशमा लामो समय रहँदा घर परिवारमा सिर्जना हुने समस्याहरुको बारेमा उचित परामर्श तथा सल्लाह दिने गरिएको छ । 

 


यसमा तपाईको मत

पर्यटन
पोखरी निर्माणको लहर
पोखरी निर्माणको लहर

इलाम – जमुनामा रहेको ढाप सीमासार क्षेत्रलाई पोखरीको रुप दिइएपछि अहिले रमणीय भएको छ । करिव ३५ रोपनीमा पानी जमेपछि स्थानीय डुङ्गा चलाउने र माछा

भिडियो
फेसबुक