समाचार
चितुवाको एक थान छालासहित पशुपतिनगरबाट दुई पक्राउ
चितुवाको एक थान छालासहित पशुपतिनगरबाट दुई पक्राउ
ईलामको पशुपतिनगर-४ बाट विहिबार एक थान चितुवाको छालासहित दुई जना पक्राउ परेका छन् ।  
पक्राउ पर्नेमा जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका १६ बस्ने २८ वर्षिया डोल्मा माता र भारतीय नम्बरको जीप चालक दार्जिलिङ गोलाईबजार बस्ने २४ वर्षिय सुमन कुमार साह छन् ।
उनीहरु विहिबार विहान पशुपतिनगर गाविस ४ नेपाल भारत सिमाक्षेत्रबाट पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले भारतीय सवारी साधनहरु चेकजाँच गर्ने क्रममा डब्लुबि-७६-२४८७ नम्बरको सेतो टाटा स्पेशियो जीपमा सवार रहेकी डोल्माको साथबाट ३ फिट ११ ईन्च लामो, १ फिट १० ईन्च चौडाई भएको चितुवाको सुकेको छाला बरामद भएको थियो । 
बरामद छालासहित दुबै मानिस र सवारी साधनलाई जिल्ला वन कार्यालय ईलाममा बुझाइएको उक्त कार्यालयले जनाएको छ । 
त्यसैगरी पशुपतिनगर प्रहरीले भन्सार छलेको एक हजार दुई सय पचास किलो चिनीसहित महेन्द्रा पिकअप गाडी भन्सार बुझाएको छ । 
इलाका प्रहरी कार्यालयबाट निस्केको गस्ती टोलीले विहिबार राती को. १ ज १७४९ नम्बरको पिकअपमा राखेर भारततर्फबाट ल्याउँदै गरेको अवस्थामा ५० किलोको बोरामा प्याकिङ गरिएको २५ बोरा चिनी बरामद गरेको थियो ।

यसमा तपाईको मत

पर्यटन
पोखरी निर्माणको लहर
पोखरी निर्माणको लहर

इलाम – जमुनामा रहेको ढाप सीमासार क्षेत्रलाई पोखरीको रुप दिइएपछि अहिले रमणीय भएको छ । करिव ३५ रोपनीमा पानी जमेपछि स्थानीय डुङ्गा चलाउने र माछा

भिडियो
फेसबुक