समाचार
लिम्बूवानको अधिबेशन सुरु
लिम्बूवानको अधिबेशन सुरु
संघिय लिम्बूवान पार्टि नेपाल इलामको एकताको प्रथम जिल्ला अधिबेशन सोमबारबाट सदरमुकाममा सुरु भएको छ ।
              मंगलबारसम्म चल्ने अधिबेशनले बढिमा ५१ सदस्यिय जिल्ला कमिटि चयन गर्नेछ । अधिबेशनको क्रममा पार्टिकोे नेतृत्व हाँक्नका लागि पार्टीका बर्तमान अध्यक्ष डम्बर लोरीङदेन पुन दोहोरयाउने दाउमा छन् भने बर्तमान सचिब केवि थेवे जिल्ला अध्यक्ष आफूले पाउनु पर्ने भन्दै लबिङ गरीरहेका छन् । उता पार्टिको एकताको प्रथम जिल्ला अधिबेशन भनिएको उद्घाटन सत्र पार्टिका केन्द्रिय संयोजक बीर नेम्वाङले गर्नुभयो । उद्घाटनको क्रममा नेम्वाङले लिम्बूवान राज्य प्राप्तिका लागि लामो समय लडाइँ सकिकेकोले अबको लडाई अन्तिम लडाइँ हुने बिचार ब्यक्त गर्नुभयो । यता अधिबेशनमा भाग लिन जम्मा ३ सय ८० जना प्रतिनिधि रहेको जनाएपनि डेढसय जना प्रतिनिधि मात्र उपस्थित रहेका छन् । जिल्लाका प्रत्येक गाविसबाट ७÷७ जनाको दरले प्रतिनिधि अधिबेशनमा भाग लिनेछन् ।

यसमा तपाईको मत

पर्यटन
पोखरी निर्माणको लहर
पोखरी निर्माणको लहर

इलाम – जमुनामा रहेको ढाप सीमासार क्षेत्रलाई पोखरीको रुप दिइएपछि अहिले रमणीय भएको छ । करिव ३५ रोपनीमा पानी जमेपछि स्थानीय डुङ्गा चलाउने र माछा

भिडियो
फेसबुक