समाचार
भारतका २५ औं धनी नेपालको आचार्य बालकृष्ण
 भारतका २५ औं धनी नेपालको आचार्य बालकृष्ण
बाबा रामदेवको पतञ्जली योगपीठका प्रमुख कार्यकारी अधिकृत (सिइओ) आचार्य बालकृष्ण भारतका २५ औं धनी व्यक्तिको सूचीमा परेका छन् । 
 
हुरुन इण्डिया रिचलिस्ट २०१६ मा ३.८ बिलियन डलर सम्पत्तिका साथ आचार्य बालकृष्ण २५ औं धनी व्यक्तिमा परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।   आचार्य बालकृष्णको पतञ्जली  योगपीठका ९४ प्रतिशत सेयर रहेको छ।  नेपालको स्याङ्जा पुर्खौली घर भएका ४४ वर्षिय बालकृष्ण पछि बाबा रामदेवको सम्पर्कमा आएका थिए ।
 
वि।सं। २०२९ साल साउन १९ गते भारतको हरिद्वारमा जन्मिएका उनी ३ महिनाकै उमेरमा पुर्ख्यौली घर स्याङ्जा फर्किएका थिए । उनका बुबा जयबल्लभ नोकरीको सिलसिलामा हरिद्वारमा बसेको बेला त्यहीं नै बालकृष्णको जन्म भएको थियो ।
 
१३ वर्षसम्म  गाउँमै बसेका उनले पाँच कक्षासम्म वालिङ, काफलडाँडास्थित तेज प्रगति प्राथमिक विद्यालयमा पढेका थिए । १३ वर्षकै उमेरमा घर छोडेका उनी फेरि हरिद्वारसम्म पुगेका थिए ।
 
आयुर्वेदमा विज्ञता हासिल गरेका बालकृष्ण सुवेदी पछि आयुर्वेद शिरोमणि हुँदै आचार्य बालकृष्ण बनेका थिए ।

यसमा तपाईको मत

पर्यटन
दोस्रो दिन पनि इलाम महोत्सव जारी

बैशाख २, इलाम  इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दुईसयबर्ष पूरा भएको अवसरमा “इलाम ः हाम्रो गौरव” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा हिजोबाट सुरु भएको तीनदिने इलाम महोत्सवको दोस्रो दिन आज बिभिन्न कार्यक्रम भएका छन् ।  इलामनगरपालिकाले आयोजना गरेको महोत्सवको दोस्रो दिन आज साहित्य सम्मेलन, बास्केटबल खेलको फाइनल खेल, इलामेली अग्रजहरुको पुर्नमिलनका साथै इलामको समृद्धिका सन्दर्भमा बिचार

भिडियो
फेसबुक