समाचार
पुर्नसंरचनाको टुङ्गो लागेपनि असहमतिका आवाजहरु प्रसस्तै

इलामको पुर्नसंरचना गर्दा प्राबिधिक समिति र जिल्ला स्तरका राजनैतिक दलले कुनैपनि गाउँबासिको मर्म र भावनलाई नबुझी एकलौटी रुपमा पुर्नसंरचनाको खाका तयार गरेको भन्दै जिल्लाका बिभिन्न गाउँहरुबाट बिरोधका आवाजहरु उठिरहेका छन् ।

                  नेताहरुले राजनैतिक भागबण्डा गरेर इलामको पुर्नसंरचना गरेको आरोप समेत आउन थालेको छ । नामाङकनको बिषयमा बिरोधका आवाज नउठे पनि सिमाङकन र केन्द्र निर्धारणमा बिभिन्न गाउँबासिको असहमति रहँदै आएको छ । यसैक्रममा पश्चिमि सिद्धिथुम्काबासिले पनि सिमाङकनमा बिरोधका आवाजहरु उठाउन थालेका छन् । राजनैतिक सहमतिबाट निर्धारण गरीएको दशवटा सङख्यामा तयार गरेको खाकामा सिद्धिथुम्का गाविसलाई क्लस्टर नम्बर पाँच अन्तर्गत रहेको देउमाई नगरपालिकामा समेटेकोप्रति आपत्ति जनाएका हुन् । देउमाई नगरपालिका केन्द्र रहँदा सेवा सुबिधा लिनका लागि अपायक पर्नेहुँदा सिद्धिथुम्कालाइ क्लस्टर नम्बर ६ मा पर्ने इलाम नगरपालिकामै समेट्न माग गरेका छन् । भरसक सिद्धिथुम्का, जीतपुर, सोयाक र साङरुम्बाको केहि वडालाई समेटेर छुट्टै गाउँपालिका निर्माण गर्न आग्रह गरेका छन् । यदि त्यो नभए सिङगो सिद्धिथुम्का गाविसलाई देउमाई नगरपालिकामा नभई इलाम नगरपालिकामै समेट्न आग्रह गरेका हुन् । यी मागहरु राखेर सिद्धिथुम्काबासिले जिल्ला स्तरमा गठन भएको स्थानिय तह पुर्नसंरचना प्राबिधिक सहयोग समितिलाई ज्ञापन पत्र समेत बुझाएको गाविस सचिब युवराज घोर्षाइले जानकारी दिनुभयो ।

                    देउमाई नगरपालिका रहेको क्लस्टरमा देउमाई नपा सहित जीतपुर, सिद्धिथुम्का, साङरुम्बाको ७ देखि ९ नम्बर वडा, शान्तिडाँडा र चमैताको १ देखि ८ नम्बर वडा समेटीएको छ । उता सिमाङकनकै बिषयमा पुवामझुवा, माइपोखरी लगायतका केहि गाविसले असहमति जनाउँदै आएका छन् । केन्द्रको बिषयमा आमचोक र फाकफोकबासिले असहमति जनाउँदै आएको छ । फाकफोक ५, ६, ७, ८ र ९ नम्बर वडाको सेवाकेन्द्र कोल्बोटेमा राखिएको हुँदा वडा नम्बर ५ का बासिलाई उक्त केन्द्र अपायक पर्ने हुँदा वडा नम्बर १ देखि ५ सम्मको सेवा केन्द्र खाम्बाङ मावि आसपास राख्नका लागि आग्रह गर्दै प्राबिधिक समितिलाई ज्ञापन पत्र बुझाएका छन् । आमचोकबासिले भने क्लस्टर नम्बर ४ को केन्द्र आमचोक गाविसमा राख्नका लागि माग गरेका छन् ।

                   दलहरुबीच लामो विवादपछि इलामको पुर्नसंरचनाको टुङगो बुधबार लागेको थियो । स्थानीय तह पुनसंरचना सम्बन्धि आयोगले इलाम जिल्लालाई आठवटा स्थानीय तहको सिलिङ दिएको थियो । तर दलहरुबीच सङख्यामा बिबाद आएपछि दशवटा सङख्या रहने सहमति भएको थियो । प्राबिधिक समितिले आयोगले दिएको आठवटा र जिल्ला स्तरमा राजनैतिक सहमतिबाट बनेको दशवटा सङख्यामा बनाइएको दुवै खाका आयोगमा पठाइसकेको छ । 


यसमा तपाईको मत

पर्यटन
पोखरी निर्माणको लहर
पोखरी निर्माणको लहर

इलाम – जमुनामा रहेको ढाप सीमासार क्षेत्रलाई पोखरीको रुप दिइएपछि अहिले रमणीय भएको छ । करिव ३५ रोपनीमा पानी जमेपछि स्थानीय डुङ्गा चलाउने र माछा

भिडियो
फेसबुक