समाचार
पुनराबेदन अदालत बार एकाई इलामको साधारण सभा सम्पन्न

पुनराबेदन अदालत बार एकाई इलामको साधारण सभा शुक्रबार सदरमुकाममा सम्पन्न भएको छ ।

              राज्यको पुर्नसंरचना गर्ने क्रममा अदालतको  क्षेत्राधिकार भित्र पर्ने कुनैपनि जिल्लालाई इलामको क्षेत्राधिकार बाट बाहेक गर्ने गरी निर्णय नगर्न एकाइले सम्बन्धित निकायमा आग्रह गर्ने निर्णय गरेको छ । पुनरावेदन अदालत इलामको क्षेत्राधिकार भित्र इलाम सहित पाँचथर, ताप्लेजुङ र झापा जिल्ला रहँदै आएकोमा यि जिल्लालाई इलाम मुकामबाट अलग नगर्नका लागि सभाले आग्रह गरेको छ ।

           यस्तै सम्पूर्ण तहको अदालतमा न्यायधिस नियुक्ति गर्दा खुल्ला, प्रतिष्पर्धा, पारदर्शिता र समाबेशिताको आधारमा नियुक्ति गर्ने परिपाटि बसाल्नका लागि पनि सभाबाट माग गरिएको एकाईका कोषाध्यक्ष लोकबहादुर तामाङले बताउनुभयो । यता मन्त्रिपरिषदले देशभर सातवटा उच्च अदालत र अठारवटा मुकाम राख्ने निर्णय यसअघि नै गरिसकेको छ । सुधिर बोहराको अध्यक्षता तथा बारका केन्द्रिय उपाध्यक्ष मदन खड्काको प्रमुख आतिथ्यमा भएको सभामा कोषाध्यक्ष तामाङले साडे १३ लाख रुपैंयाँ बराबरको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । 


यसमा तपाईको मत

पर्यटन
पोखरी निर्माणको लहर
पोखरी निर्माणको लहर

इलाम – जमुनामा रहेको ढाप सीमासार क्षेत्रलाई पोखरीको रुप दिइएपछि अहिले रमणीय भएको छ । करिव ३५ रोपनीमा पानी जमेपछि स्थानीय डुङ्गा चलाउने र माछा

भिडियो
फेसबुक