समाचार
प्रहरी यूनिटलाई पनि २४ सै घण्टा हाइ अर्लटमा रहन निर्देशन
 प्रहरी यूनिटलाई पनि २४ सै घण्टा हाइ अर्लटमा रहन निर्देशन

                चाडपर्व नजिकिँदै गर्दा इलामको भारतसँग सीमा जोडिएका क्षेत्रमा प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।

                    चाडपर्वका बेला हुन सक्ने तस्करी, हातहतियारको अवैध ओसारपसार, चेलीबेटी बेचबिखन, लागुऔषधको कारोबार, चोरि निकासि, आतङ्कित गतिविधि नियन्त्रण र आपराधिक क्रियाकलाप नियन्त्रण गर्नका लागि सुरक्षा सतर्कता बढाएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक (एसपि) शुसिलकुमार यादबले बताउनुभयो । सीमा क्षेत्रका अवाञ्छित क्रियाकलाप हुन सक्ने क्षेत्रहरुको पहिचान गरी चौबीसै घन्टा प्रहरी परिचालन गरी निगरानी बढाइएको पनि एसपि यादवले बताउनुभयो । उहाँका अनुसार भारतीय सुरक्षा निकायसँग समेत समन्वय गरी सिमा क्षेत्रमा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाइएको जनाइएको छ । दैनिक सादा पोसाक र पोसाकमा गस्ती टोलीलाई परिचालन गरिएको छ ।

            अन्य बेलाको समयमा भन्दा अहिले चाडपर्वलाई मध्यनजर गरेर सुरक्षा स्थिती सिमा क्षेत्रमा मजबुद बनाएको इलाम प्रहरीको दावि छ । सिमा क्षेत्रका प्रहरी यूनिटलाई पनि २४ सै घण्टा हाइ अर्लटमा रहन निर्देशन समेत दिइसकेको एसपि यादब बताउनुहुन्छ । 


यसमा तपाईको मत

पर्यटन
पोखरी निर्माणको लहर
पोखरी निर्माणको लहर

इलाम – जमुनामा रहेको ढाप सीमासार क्षेत्रलाई पोखरीको रुप दिइएपछि अहिले रमणीय भएको छ । करिव ३५ रोपनीमा पानी जमेपछि स्थानीय डुङ्गा चलाउने र माछा

भिडियो
फेसबुक