समाचार
माछापालन ब्यवसायमा कृषकहरुको बढ्दो आकर्षण

पछिल्लो समयमा इलाममा माछापालन ब्यवसायमा कृषकहरुको आकर्षण बढ्दै गएको छ । इलाममा बर्षेनि यस ब्यवसायमा कृषकहरुको आकर्षण बढेको हो ।

          गतबर्ष पाँच हेक्टर क्षेत्रफलमा माछा पालन ब्यवसाय गरिदै आएको चालु आवको सुरुवातमै माछा पालन ब्यवसाय नौ हेक्टर क्षेत्रफलमा सुरु भइसकेको जिल्ला कृषि बिकास कार्यालय इलामले जनाएको छ । जिल्लाको सूर्योदय नगरपालिका, बरबोटे, माबु, माइपोखरी, दानाबारि लगायतका गाविसमा माछापालन ब्यवसाय ब्यवसायिक बन्दै गएको हो । यस ब्यवसायमा लागेका अधिकाँश कृषकहरुले कमनकार र ग्रासकार जातका माछा पाल्दै आएका छन् । तर इलाममा माछाको मासुको माग बढेपनि माग अनुसारको स्थानिय स्तरमा उत्पादन बढ्न सकेको छैन ।

               जसले गर्दापनि इलाममा माछा जिल्ला बाहिरबाटै ल्याउनुपर्ने बाध्यता रहेको छ । जिल्लामा हाल २ सय ५० देखि तीनसय रुपैंयाँ प्रतिकेजिले माछाको बिक्रि भइरहेको छ । जिल्ला कृषि बिकास कार्यालयको तथ्याङ्क अनुसार गतवर्ष इलाममा १० मेट्रिक टन मात्र माछाको उत्पानदन भएको थियो । कृषकहरुले मोरङको बेलबारिबाट माछाको भूरा ल्याएर पोखरीमा हाल्ने गरेका छन् । माछापालन ब्यवसाय बिस्तारी बढ्दै गएपनि निर्वाहमुखि हिसावले ब्यवसाय गर्ने कृषकहरु भने इलाममा धेरै रहेको बताइएको छ ।


यसमा तपाईको मत

पर्यटन
दोस्रो दिन पनि इलाम महोत्सव जारी

बैशाख २, इलाम  इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दुईसयबर्ष पूरा भएको अवसरमा “इलाम ः हाम्रो गौरव” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा हिजोबाट सुरु भएको तीनदिने इलाम महोत्सवको दोस्रो दिन आज बिभिन्न कार्यक्रम भएका छन् ।  इलामनगरपालिकाले आयोजना गरेको महोत्सवको दोस्रो दिन आज साहित्य सम्मेलन, बास्केटबल खेलको फाइनल खेल, इलामेली अग्रजहरुको पुर्नमिलनका साथै इलामको समृद्धिका सन्दर्भमा बिचार

भिडियो
फेसबुक