समाचार
माइखोलामा डुङगा दुर्घटना, आठजनाको शब फेला

दक्षिणि इलामको दानाबारी–महमाईको बीचमा पर्ने माइखोलामा डुङगा दुर्घटना भएको छ । दुर्घटनामा परी हालसम्म आठजनाको शब फेला परेको छ । ४५ देखि ५० जना यात्रु बोकेर दानाबारीबाट आएका मानिसहरु माइखोलामा डुङगाबाट महमाई तर्फ आउने क्रममा उक्त दुर्घटनामा परेको हो । बढि क्षमता भएको र तीनदिनदेखि परेको अविरल बर्षापछि माईखोलामा आएको बाढिका कारण डुङगा अनियन्त्रित भइ पल्टेको हुनसक्ने प्रहरीको अनुमान छ । आज दिउँसो करिब १२ बजेको समयमा भएको डुङगा दुर्घटनामा परि हालसम्म ३१ जनाको सकुशल उद्धार गरिसकेको स्थानिय चन्द्रकान्त ढकालले जानकारी दिनुभयो । माइखोलामा ठूलो बाढि आएको कारण पल्टिएको डुङगा पनि बेपत्ता छ । भेटिएको शब पनि दुर्घटना स्थलबाट करिब एक किलोमिटर तल कोदोबारी भन्ने ठाउँमा शब भेटिएको हो । दशैं मनाएर फर्किएका तथा मनाउन गएका यात्रुहरु बोकेको डुङगामा कति सवार थिए भन्ने यकिन छैन । दुर्घटनामा परेर मृत्यु भएकाहरुको नाम–ठेगाना समेत खुल्न सकेको छैन । दुर्घटनास्थलमा अहिले स्थानियबासि, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार र खोजि कार्यलाई तिब्र बनाएको छ । बिस्तृत बिबरण अझै आउन बाँकि छ । माइखोलामा पुल नहुँदा उक्त क्षेत्रका बासिन्दा डुङगाकै माध्यमबाट खोला तर्न बाध्य बन्दै आएका छन् । उक्त खोलामा तीनवटा डुङगा सञ्चालन हुँदै आएपनि एउटा डुङगा भने बिगत केहि महिनादेखि बन्द थियो भने दुईवटा सञ्चालन भइरहेको थियो । सो मध्ये एउटा डुङगा दुर्घटनामा परेको हो । बिगतमा उक्त खोलामा डुङगा दर्घटना हुने गरेपनि यति ठूलो गरि भएको दुर्घटना पहिलो हो ।


यसमा तपाईको मत

पर्यटन
दोस्रो दिन पनि इलाम महोत्सव जारी

बैशाख २, इलाम  इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दुईसयबर्ष पूरा भएको अवसरमा “इलाम ः हाम्रो गौरव” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा हिजोबाट सुरु भएको तीनदिने इलाम महोत्सवको दोस्रो दिन आज बिभिन्न कार्यक्रम भएका छन् ।  इलामनगरपालिकाले आयोजना गरेको महोत्सवको दोस्रो दिन आज साहित्य सम्मेलन, बास्केटबल खेलको फाइनल खेल, इलामेली अग्रजहरुको पुर्नमिलनका साथै इलामको समृद्धिका सन्दर्भमा बिचार

भिडियो
फेसबुक