समाचार
ग्रीनभ्यालिमा आयुषलाई ‘आर्या अबार्ड’
 ग्रीनभ्यालिमा आयुषलाई ‘आर्या अबार्ड’
                       इलाम सदरमुकाम स्थित ग्रीनभ्यालि एकाडेमिमा अध्ययनरत आयुष गुरुङले यस बर्षको आर्या अबार्ड हात पारेका छन् । गुरुङ्गले अवार्ड संगै नगद पाँचहजार रुपैंयाँ पनि हात पारेका छन् । २०७२ सालको अन्तिम परिक्षामा कक्षा एलकेजिबाट सर्वोत्कृट अंक (९९ दशमलब ८२ प्रतिशत) ल्याई उत्तीर्ण हुने बिद्यार्थी गुरुङलाई आर्या अर्बार्ड प्रदान गरीएको हो । 
                 ग्रीनभ्यालि एकाडेमिमा कक्षा एलकेजिमा अध्ययनरत आर्या दाहालको चारबर्ष अघि ब्लड क्यान्सरबाट मृत्यु भएपछि आफ्नि एकमात्र छोरी आर्याको नामबाट उनका बाबुआमा डाक्टरद्धय हिमाल दाहाल र आशा कार्कीले ग्रीनभ्यालि एकाडेमिमा एकलाख रुपैंयाँको आर्या मेमोरीयल ट्रष्टको स्थापना गर्नुभएको थियो । उक्त ट्रष्टबाट आउने ब्याज बापतको रकमबाट प्रत्येक बर्ष कक्षा एलकेजिमा उत्कृष्ट हुने बिद्यार्थीलाई अर्वाड सहित नगद पाँचहजार रुपैंयाँ प्रदान गर्दै आएको बिद्यालयका प्रिन्सिपल राजन माइकल गुरुङले जानकारी दिनुभयो ।
                    आर्या अबार्ड सहित नगद प्राप्त गरेका बिद्यार्थी गुरुङलाई बिद्यालय सञ्चालक समितिका अध्यक्ष कुमार बैद्य र प्रिन्सिपल राजन माइकल गुरुङले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो । अवार्ड प्रदान गर्दै अध्यक्ष बैद्यले क्यान्सबाट मृत्यु भएकि बिद्यार्थी आर्या हामिमाझ नभएपनि उनको सम्झना सधैं–सधै रहिरहने जनाउँदै अवार्ड प्राप्त गर्ने बिद्यार्थीलाई उच्च प्रगतिको निम्ति शुभकामना दिनुभएको थियो । बिद्यालयका अनुसार आर्या अबार्ड पहिलो बर्ष सुभाय श्रेष्ठले प्राप्त गरेका थिए भने दोस्रो बर्ष लुइस श्रेष्ठ, तेस्रो बर्ष रोनिसा दाहाल र अहिले चौथो बर्ष आयुष गुरुङले हात पार्न सफल भएका हुन् ।

यसमा तपाईको मत

पर्यटन
पोखरी निर्माणको लहर
पोखरी निर्माणको लहर

इलाम – जमुनामा रहेको ढाप सीमासार क्षेत्रलाई पोखरीको रुप दिइएपछि अहिले रमणीय भएको छ । करिव ३५ रोपनीमा पानी जमेपछि स्थानीय डुङ्गा चलाउने र माछा

भिडियो
फेसबुक