समाचार
लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियानमा इलाममा रयाली
लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियानमा इलाममा रयाली
                ‘घर शान्ति नै विश्व शान्तिको आधारः दिगो विकासका लागि लैङगिक हिंसारहित समाज’ भन्ने नाराका साथ लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान–२०१६ शुक्रबारदेखि सुरु भएको छ । घर घरमा भइरहेको महिला हिंसाविरुद्ध जागरण गराउने उद्देश्यले देशैभर अभियान सुरु भएको हो । प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० (मङ्सिर १० देखि २५तिर) सम्म मनाइने दिवसका अवसरमा इलाममा महिला तथा बालबालिका कार्यालयको आयोजना एवं अन्य महिला सम्बन्धि काम गर्दै आएका गैरसरकारी कार्यालयको सह आयोजनामा रयालि निकालिएको छ ।
                         सदरमुकामको ठूलो टुडिखेलबाट निकालिएको रयालिले नगरका बिभिन्न भागको परिक्रमा गरेर चोक बजारमा पुगेर समापन गरेको थियो । रयालिमा जिल्ला स्थित बिभिन्न सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि सहित महिला जागरण संघ सहित अन्य गैरसरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि, सुरक्षाकर्मि, सञ्चारकर्मि लगायतको सहभागिता रहेको थियो । यता रयालिको समापनमा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सामाजिक रुपमा समेत महिला हिंसालाई निषेध र निरुत्साहन गरी उनीहरुविरुद्ध हुने हिंसाविरुद्ध यो अभियानले मर्यादित समाज निर्माण गर्न सबैमा उत्प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना राख्नुभएको थियो । कामना पनि राष्ट्रपतिले गरेकी छन् । उहाँले नारा अनुसारको कार्य गर्नका लागि सबैमा आग्रह समेत गर्नुभएको थियो ।
                          लैङ्गिक हिंसा अन्त्यको प्रयासस्वरुप सन् १९९१ मा सेन्टर फर ओमन्स ग्लोबल लिडरसिपको सहयोगमा २० देशका २३ उत्साहित महिलाको समूहले लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको सुरुआत गरी विश्वलाई अभियानमा जुट्न आह्वान गरेको थियो । हरेक वर्ष अंङ्ग्रेजी महिनाको नोभेम्बर २५(महिला विरुद्धको अन्तराष्ट्रिय दिवस)बाट सुरु गरी डिसेम्बर १० (अन्तर्रा्ष्ट्रिय मानवअधिकार दिवस) सम्म अभियान सञ्चालन गरिन्छ ।

यसमा तपाईको मत

पर्यटन
पोखरी निर्माणको लहर
पोखरी निर्माणको लहर

इलाम – जमुनामा रहेको ढाप सीमासार क्षेत्रलाई पोखरीको रुप दिइएपछि अहिले रमणीय भएको छ । करिव ३५ रोपनीमा पानी जमेपछि स्थानीय डुङ्गा चलाउने र माछा

भिडियो
फेसबुक