समाचार
पर्यटकिय क्षेत्र धेरै भएपनि ओझेलमा ‘जीतपुर’

               पश्चिमि इलामको जीतपुर गाविसमा प्राकृतिक एवं धार्मिक पर्यटकिय गन्तब्यहरु प्रशस्त भएपनि पूर्वाधार अन्तर्गत सडक–सञ्चारको अभावका साथै प्रभावकारी रुपमा मात्रामा प्रचार प्रसार नहुँदा ओझेलमा परिरहेको छ । उक्त गाविसमा रहेका झयाउपोखरी, महागुरु फाल्गुनन्दले ज्ञानसिद्धि प्राप्त गरेको खत्रक्पा, चियाबारि, चिया कारखानाका साथै लेचुङबा डाँडाबाट जिल्लाका चुरे क्षेत्रका गाविसहरुको दृष्यावलोकन गर्न सकिने जस्ता धेरै प्राकृतिक एवं धार्मिक पर्यटकिय गन्तब्यहरु रहेको गाविस सचिब युवराज घोर्षाइ बताउनुहुन्छ ।

                      बिगतमा लोपन्मुख जाति लाप्चाहरुको बसोबासको क्षेत्र समेत रहेको उक्त स्थानमा लेप्चाहरुको सामूहिक चिहान समेत रहेको छ । जिल्लाकै एक सम्पन्न गाविसको रुपमा लिइने गरेको छ । शैक्षिक रुपमा अगाडि रहेको जितपुरमा अहिले जितपुर माविमा पशु बिज्ञानको पढाई समेत भइरहेको छ । जसले गर्दा सिंगो इलाम जिल्लामै दक्ष कृषि प्राबिधिक उत्पादनमा सघाउ पुरयाउन मद्धत पुग्ने सचिब घोर्षाईको भनाई छ ।
ग्रामिण पर्यटन बिकासको रुपमा अघि बढिरहेको जीतपुर गाविसलाई पर्यटकिय गाविसको रुपमा बिकास गर्नका लागि कृषि पर्यटनलाई अगाडि बढाउन जरुरी रहेको छ । यो गाउँलाई नमुना गाविसको रुपमा अघि बढाउने उद्येश्यले गाउँ बिकास
समितिको कार्यालयले बिभिन्न किसिमका ठोस नितिहरु पनि ल्याएको छ ।

                   यस्तै जीतपुरको पर्यटन बिकासका निम्ति हरेक बर्ष एक÷डेढलाख रुपैंयाँ बजेट छुटयाउने गरेको सचिब घोर्षाईले जानकारी दिनुभयो । अर्थतन्त्रको मुख्य पाटो पर्यटन हो । सरकारको तीनखम्बे अर्थतन्त्रको नितिमा पर्यटन पनि पर्दछ । त्यसैले राज्यले पर्यटन बिकासका निम्ति धेरै भन्दा धेरै लगानि गर्नु जरुरी छ । गाउँ–गाउँमा रहेका संभावित पर्यटकिय गन्तब्यको अध्ययन गरी त्यहाँको बिकासका निम्ति राज्यले लगानी गर्न आवश्यक छ । सरकारले अब शहर केन्द्रित मात्र नभई ग्रामिण पर्यटन बिकासका निम्ति धेरैभन्दा धेरै लगानी गर्न टडकारो बन्दै गएको छ ।


यसमा तपाईको मत

पर्यटन
पोखरी निर्माणको लहर
पोखरी निर्माणको लहर

इलाम – जमुनामा रहेको ढाप सीमासार क्षेत्रलाई पोखरीको रुप दिइएपछि अहिले रमणीय भएको छ । करिव ३५ रोपनीमा पानी जमेपछि स्थानीय डुङ्गा चलाउने र माछा

भिडियो
फेसबुक