समाचार
बैदेशिक रोजगारिका लागि जाने इलामबाट पैंतीस सय बढिलाई परामर्श

गणेश घिमिरे
            बैदेशिक रोजगारिका लागि मलेसिया जाने युवाहरुको सङख्या इलाममा अत्यधिक रहेको  वैदेशिक रोजगार जिल्ला आप्रवासी जिल्ला सुचना केन्द्र इलामले गरेको एक अध्ययनमा उल्लेख छ । जिल्लामा दुईबर्षअघि मात्र स्थापना भएको उक्त केन्द्रका अनुसार इलामबाट चौध देशमा इलाम जिल्लाका युवाहरु रोजगारीका लागि जाने गरेका छन् । त्यसमा सबैभन्दा बढि खाडि मुलुक मलेसिया जाने गरेको केन्द्रका परामर्शदाता श्याम सेम्बोले बताउनुभयो । उहाँका अनुसार कुवेत, मलेशिया, वहराइन, कतार, साइप्रस, ओमान, मकाउ, जापान, जोर्डन, लेवनान, यनाइटेड किङ्गडम, मौरिसस र साउदी अरेवियामा यहाँका युवाहरु बढि जाने गरेका हुन ।

             केन्द्र स्थापना भएयता मात्र इलाम जिल्लाबाट ६ हजार ६ सय ५७ जना युवायुवती बैदेशिक रोजगारिका लागि गरेका छन् ।  जसमा महिला ४ सय ७४ जना रहेका छन् भने पुरुषहरुको संख्या ६ हजार १ सय ८३ जना रहेका छन् । बैदेशिक रोजगारिका लागि नेपाली कामदार ४० लाखको हाराहारीमा छन् भने त्यसको दोब्बर अबैधानिक बाटोबाट गएको अनुमान गरीएको छ । मुलुक भित्र पर्याप्त मात्रामा रोजगारीका अवसर नहुनुु, आधुनिक संचार र प्रविधीको कारण, घरको आम्दानीको श्रोत नै वैदेशिक रोजगार भन्ने कारणकै कारण नेपालबाट दैनिक सत्रसयको हाराहारीमा युवाहरु वैदेशिक रोजगारको शिलसिलामा विदेशिदै आएका छन् । वैदेशिक रोजगार ऐन २०६६ ले भने भारतमा गएर गरिएको रोजगारीलाइ समेटेको छैन । बैदेशिक रोजगारबाटै देशमा दैनिक १अर्व ४८ करोड  सम्म रेमिट्यान्स नेपाल भित्रिने गरेको केन्द्रले प्राप्त गरेको तथ्याङ्कमा उल्लेख छ । सरकारले एकसय आठवटा मुलुक वैदेशिक रोजगारको लागि खुल्ला गरेको छ, जसमा नेपाली कामदार प्राय धैरैजसो लेवर भिषामा जाने गरेका छन् ।

                     यता बैदेशिक रोजगारिका लागि भन्दै जाने धेरै जसो महिलाहरु घरेलु कामदारको रुपमा जाने गरेको कारण जोखिमपूर्ण बन्दै गएको आप्रवासी सुचना केन्द्र इलामका परामर्शदाता सेम्बोले बताउनुभयो । बैदेशिक रोजगारिका लागि जाने युवायुवतीको सङख्या अत्यधिक बढेपछि जिल्लामा बैदेशिक रोजगार सम्बन्धि परामर्श दिनका लागि दुईबर्षअघि केन्द्र भएको थियो । जसमा हालसम्म ६ सय ८४ जना महिला र २ हजार ९ सय ९२ जना पुरुष सहित जम्मा ३ हजार ६ सय ७६ जनाले बैदेशिक रोजगार सम्बन्धि परामर्श लिएको केन्द्रको तथ्याङ्कमा उल्लेख छ । केन्द्रले परामर्श लिन आउनेहरुलाई भरसक स्वदेशमा नै बसेर काम गर्न सुझाव दिँदै आएको छ । यस्तै बिदेशै जाने हो भने ठगिमा कसरी पर्न सकिन्छ, ठगिमा परेमा के गर्ने, कुन ढंगबाट गए राम्रो काम र पारिश्रमिक पाउन सकिन्छ, रोजगारिको क्रममा सुरक्षित कसरी रहने लगायतका परामर्शहरु दिने गरेको परामर्शदाता सेम्बोको भनाई छ । बैदेशिक रोजगारिका क्रममा धेरै नेपालीहरु ठगिने, बिदेशमा अलपत्र पर्ने लगायतका समस्यामा पर्दै आएकाले त्यसबाट सजग गराउनका लागि इलाममा आप्रबासि सुचना केन्द्र स्थापना गरेर बैदेशिक रोजगार सम्बन्धि परामर्श दिँदै आएको जिल्ला बिकास समिति इलामका योजना अधिकृत छबिलाल खतिवडाले बताउनुभयो । केन्द्र जिविस इलामको संयोजनमा सञ्चालित छ ।


यसमा तपाईको मत

पर्यटन
पोखरी निर्माणको लहर
पोखरी निर्माणको लहर

इलाम – जमुनामा रहेको ढाप सीमासार क्षेत्रलाई पोखरीको रुप दिइएपछि अहिले रमणीय भएको छ । करिव ३५ रोपनीमा पानी जमेपछि स्थानीय डुङ्गा चलाउने र माछा

भिडियो
फेसबुक