समाचार
पार्किङ शुल्क उठाउन इलाम नगरपालिकालाई सकस
     पार्किङ शुल्क उठाउन इलाम नगरपालिकालाई सकस
गणेश घिमिरे
                          इलाम नगरपालिका कार्यालयले बिभिन्न शिर्षकबाट आन्तरीक आम्दानी गर्दै आएको छ । जसमध्ये आन्तरीक आम्दानीको प्रमुख श्रोत सवारि पार्किङ शुल्क एक हो । तर इलाम नगरपालिका कार्यालयले चारमहिनादेखि सवारि पार्किङ शुल्क उठाउन नसक्दा कार्यालयलाई चार महिनामा डेढलाख रुपैंयाँ घाटा भएको कार्यालयले जनाएको छ । चारमहिनादेखि नगरपालिकाले पार्किङ शुल्क उठाउन नसकेपछि कार्यालयलले सम्बन्धित मन्त्रालयमा जवाफ मागेको छ । अब मन्त्रालयबाट जुन निर्णय आउँछ त्यहि निर्णयको आधारमा पार्किङ शुल्क उठाइने प्रशासकिय अधिकृत रामकुमार शाहले बताउनुभयो । पार्किङ शुल्क उठाउनका लागि नगरपालिकाले सुरुमा कर बाहेक बार्षिक २२ लाख रुपैंयाँमा ठेक्का आव्हान गरेको थियो ।
                           त्यसमा ठेक्का लागेपनि यातायात ब्यबसायिको बिरोधका कारण उक्त ठेक्का बदर भयो ।  बिगतमा पार्किङ शुल्क तिदै आएका यातायात ब्यबसायिहरुले पछिल्लो पटक लागेको ठेक्काबाट पार्किङ शुल्क ह्वात्तै बढ्दा ब्यबसायिले बढेको कर तिर्न नसक्ने भन्दै चर्को बिरोध गरेका थिए । नगरपालिकाले स्थानिय स्वायत्त शासन २०५६ अन्तर्गत ठेक्का लगाएको थियो । गतवर्ष जिल्लाबाहिर जाने गाडीलाई ५० रुपैयाँ लिने गरेकोमा २२ लाखमा ठेक्का लागेपछि ८७ रुपैयाँ, बस, ट्रकलगायत ठूला गाडी र नेपाली पर्यटक सवारीलाई ८५ रुपैयाँ लिर्दै आएकोमा १ सय १३ रुपैयाँ पु¥याइएको थियो । लोकल भ्यानहरूलाई २० बाट ३३ रुपैयाँ,े टयाक्टर, पिकअपलाई ५० बाट बढाएर ८५ रुपैयाँ पुरयाएपछि यातायात ब्यबसायिले चर्को बिरोध जनाएका थिए । नगरपालिकाले स्थानीय स्वायत्त शासन नियमावलीको ‘अपव्याख्या’ गरी पार्किङ शुल्क बढाएको भन्दै दुइदिन इलाम बजारमा सवारी प्रवेश गराएका थिएनन् ।
                           पार्किङ शुल्क उठाउने बिषयमा बिरोध बढेपछि व्यवसायी, नगरपालिका र कर ठेकेदारबीच छलफल पश्चात कर निर्धारणमा ‘खुकुलो’ हुने सहमति  भएको थियो । उक्त सहमति बमोजिम नगरपालिकाले ठेक्का लिने पहिलेकै ठेकेदारलाई दोस्रो पटक १४ लाख २८ हजार रुपैंयाँमा ठेक्का दिएको थियो । उक्त रकममा दिएको ठेक्कामा बस÷मिनिबस÷ट्रक÷पिकअप÷टयाक्टरलाई ४० रुपैंयाँ उठाउने तथा भेन÷कारलाई भने २० रुपैंयाँ उठाउने भनिएको थियो । तर जिल्ला प्रहरी कार्यालय इलामले राजमार्गमा बसेर पार्किङ शुल्क उठाउन नदिने भनेपछि ठेकेदारले ठेक्का लिन नसक्ने भन्दै हात झिक्दा  चारमहिनादेखि इलामनगरपालिका कार्यालयले सवारी पार्किङ शुल्क बापतको कर उठाउन सकेको छैन ।
                     नगरपालिकाले स्थानिय स्वायत्त शासन २०५६ अनुसुचि १९ को दफा १, २ र ३ अनुसार ठेक्का लगाएपनि यातायात ब्यबसायि र प्रहरीको अबरोधकै कारण पार्किङ शुल्क उठ्न नसकेको इलाम नगरपालिकाको कार्यालयले जनाएको छ । नगरपालिकाले दोस्रो पटक १४ लाख २८ हजार रुपैंयाँमा लगाएको ठेक्कामा यातायात ब्यबसायि भने सहमत भएपनि प्रहरीले भने टयाक्सि स्टयाण्ड र बसपार्क बाहेक राजमार्गका कुनैपनि स्थानबाट कर उठाउन नदिने भएपछि पार्किङ शुल्क उठाउने कुरा अनिर्णीत बन्न पुगेको हो । नगरपालिकाले तोकेको स्थानबाट पार्किङ शुल्क उठाउने नगर परिषदबाट निर्णय भएपनि प्रहरीले भने दुई स्थानबाहेक अन्य ठाउँबाट उठाउन नदिने भनेपछि यो समस्या आएको शाहको भनाई छ । ऐन नियम एक–आपसमा बाझिदाले गर्दापनि समस्या परेको शाहको भनाई छ । यसअघि पार्किङ शुल्क जिरो किलोमिटरबाट उठाउँदै आएको थियो । 
 

यसमा तपाईको मत

पर्यटन
पोखरी निर्माणको लहर
पोखरी निर्माणको लहर

इलाम – जमुनामा रहेको ढाप सीमासार क्षेत्रलाई पोखरीको रुप दिइएपछि अहिले रमणीय भएको छ । करिव ३५ रोपनीमा पानी जमेपछि स्थानीय डुङ्गा चलाउने र माछा

भिडियो
फेसबुक