समाचार
भैंसिले हानेर बृद्ध ठहरै
भैंसिले हानेर पश्चिमि इलामको जितपुरमा एक बृद्धको ज्यान गएको छ । मृत्यु
हुनेमा जीतपुर गाविस वडा नम्बर ९ का ७५ बर्षिय रामबहादुर लिम्बू रहेको
जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । गोठमा बाँधिएको भैंसिले दाम्लो
चुँडाएपछि भैंसि बाँध्न गएका लिम्बूलाई भैंसिले हानेको थियो ।
टाउको÷छाति लगायतका स्थानमा भैंसिले हान्दा उनको घटनास्थलमै मृत्यु भएको
बताइएको छ । घरमा कोहि नभएको तथा घरका सबै सदस्यहरु बेंशिमा धानको बिटा
लगाउँन गएको बेला उक्त घटना भएको जनाइएको छ । घटनापछि मृत्यु भएका
लिम्बूको शबलाई पोष्टमार्टम गरी परिवारलाई शब बुझाइसकेको प्रहरीले
बताएको छ । यो घटना मंगलबार साझँ करिब पाँच बजेको समयमा भएको मृतकका
परिवारले बताए ।

यसमा तपाईको मत

पर्यटन
दोस्रो दिन पनि इलाम महोत्सव जारी

बैशाख २, इलाम  इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दुईसयबर्ष पूरा भएको अवसरमा “इलाम ः हाम्रो गौरव” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा हिजोबाट सुरु भएको तीनदिने इलाम महोत्सवको दोस्रो दिन आज बिभिन्न कार्यक्रम भएका छन् ।  इलामनगरपालिकाले आयोजना गरेको महोत्सवको दोस्रो दिन आज साहित्य सम्मेलन, बास्केटबल खेलको फाइनल खेल, इलामेली अग्रजहरुको पुर्नमिलनका साथै इलामको समृद्धिका सन्दर्भमा बिचार

भिडियो
फेसबुक