समाचार
प्याब्सन इलामको साँतौ जिल्ला अधिवेशन सम्पन
प्याब्सन इलामको साँतौ जिल्ला अधिवेशन सम्पन
“संस्थागत विद्यालयहरुको अस्तित्वको रक्षार्थ, प्याब्सन सशक्त नेतृत्व निर्माणको अभियान, सातौ जिल्ला अधिवेशन इलामको आह्वानम” भन्ने मूलनाराका साथ निजी तथा आवासीय विद्यालयहरुको अर्घनाइजेशन(प्याब्सन) इलामको साँतौ जिल्ला अधिवशेन शनिवार इलाम सदरमुकाममा सम्पन्न भएको छ ।
प्याब्सन इलामका अध्यक्ष प्रकाश भक्तराजको अध्यक्षता तथा प्याब्सन केन्द्रीय समितिका लक्ष्य बहादुर केसी को प्रमुख आतिथ्यतामा सम्पन्न सो अधिवेशनमा प्याब्सन सँग आबद्ध विद्यालयका विद्यार्थी, शिक्षक, शिक्षीका र सरोकारवालाहरुको भब्य उपस्थितिमा इलाम बजारको ठूलो टुडिखेलबाट प्रभात फेरी गर्दै बजारको विभिन्न भागको परिक्रमा गरी जिल्ला विकास समितिको सभाहलमा पुगेर सभामा परिणत भएको थियो ।
सभामा केन्द्रिय अध्यक्ष केसीले आफ्नो उद्घाटन मन्तव्यमा प्याब्सन इलामले इलामको शैक्षिक क्षेत्रमा खेलको भुमिका र देशभर प्याब्सन नेपालले शैक्षिक क्षत्रेमा पु¥याएको योगदानको चर्चा गर्दै केसीले सरकारले निजी विद्यालयहरुलाई प्रोत्साहन गर्नुपर्नेमा उल्टै हतोत्साहित हुने शैक्षिक नियम निर्देशिका जारी गरेको भन्दै आपत्ति जनाउनु भएको थियो । मन्तव्यका क्रममा उहाँले निजी विद्यालयहरुलाई खुम्च्याउने ऐन र निर्देशिका तत्काल परिवर्तन गरी समय सापेक्षा संसोधन ऐन र निर्देशिका ल्याउन पनि आग्रह गर्नुभयो भने निजी विद्यालयहरुले पनि जिम्मेवार र पारदर्शी ढंगले आफ्ना शैक्षिक गतिविधीहरुलाई अगाडी बढाउने  सबैलाई आग्रह गर्नुभएको थियो ।
प्याब्सनकोे उद्घाटन सत्रमा शुभकामना मन्तव्य राख्ने अधिकांश केन्द्रिय पदाधिकारीहरु वरिष्ठ उपाध्यक्ष विजय सम्बाहाम्फे, उपाध्यक्ष गोविन्द लम्साल, महासचिव डिके ढुङ्गाना, उपसचिव राजेन्द्र बानियाँ पूर्वाञ्चलन उपाध्यक्ष तथा प्याब्सन इलामका उपाध्यक्ष युवराज वाशिष्ट लगायतले निजी विद्यालयहरुले नेपालको शैक्षिक जनशक्ति उत्पादन र शैक्षिक गुणस्तर उकास्न खेलेको अहम भूमिका लाई कम आकंलन नर्गन सरकारलाई आग्रह गर्दै सरकारी विद्यालयमा सरकारले गरेको ठूलो लगानी बालुवामा पानी हालेसरह भएको तर निजी विद्यालयहरुले गरेको लगानीले नेपालको शैक्षिक गुणस्तर र प्रतिस्पर्धात्मक युग सुहाउँदो जनशक्ति तयार गरेर प्रतिस्पर्धामा खरो उतारेको प्रति सही मूल्याङ्कन गर्न पनि सरकारलाई आग्रह गर्नुभएको थियो । कार्यक्रममा विभिन्न सामाजिक तथा शैक्षिक क्षेत्रका अग्रजहरुले समेत शुभकामना व्यक्त गरेका थिए भने अधिवेशन उद्घाटन कै अवशरमा शैक्षिक योगदानका आधारमा सम्मान समेत गरिएको थियो । 
               इलाम प्याब्सनका उपाध्यक्ष विकास कर्मार्चायले स्वागत मन्तव्य सँगै शुरुभएको कार्यक्रम संचालन सचिव नुनुमा राईले गर्नुभएको थियो भने उद्घाटन सत्रको कार्यक्रममा निकै लामो समय सम्म चलोको थियो । यो समाचार तयार गर्दा सम्म अधिवेशनले प्याब्सन इलामको नयाँँ नेतृत्व भने छानिसकेको थिएन । शनिबार नै नयाँँ कार्यसमिति चयन गरिसक्ने प्याब्सन इलामले जनाएको छ ।       
 

यसमा तपाईको मत

पर्यटन
पोखरी निर्माणको लहर
पोखरी निर्माणको लहर

इलाम – जमुनामा रहेको ढाप सीमासार क्षेत्रलाई पोखरीको रुप दिइएपछि अहिले रमणीय भएको छ । करिव ३५ रोपनीमा पानी जमेपछि स्थानीय डुङ्गा चलाउने र माछा

भिडियो
फेसबुक