समाचार
२५ औ अन्तराष्ट्रिय दिशव इलाममा भब्यताका साथ मनाइयो
२५ औ अन्तराष्ट्रिय दिशव इलाममा भब्यताका साथ मनाइयो
              अपाङ्गगता भएका व्यक्तिहरुको २५ औ अन्तराष्ट्रिय दिशव इलाममा भब्यताका साथ शनिवार मनाइएको छ । 
हासिल गरौ दिगो विकासका १७ लक्ष्य, सुरक्षित गरौ हामीले चाहेको भविश्य भन्ने मूल नाराका साथ इलाम सदरमुकामकको चोक बजारमा भएको कोणसभाको उद्घाटन पूर्व राज्यमन्त्री तथा सांसद केशव थापाले गर्नुभएको थियो । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल इलाम च्याप्टरका अध्यक्ष प्रकाश थापाको अध्यक्षतामा सम्पन्न कोण सभामा विभिन्न बक्ताहरुले अपाङ्गता भएका व्यक्तिहरुको शिक्षा, रोजगार, अवशर र पहिचानका लागि राज्यले वेवस्ता गरेको भन्दै राज्य जिम्मेवार हुन आग्रह गरेका थिए ।
                          उक्त कार्यक्रमलाई संम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी सांसद केशव थापाले अपाङ्गगता भएका व्यत्तिहरुलाई सबै क्षेत्रबाट अधिकार पहिचान र सहयोग गर्नुपर्ने बताउँदै आफूले आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पूर्व केन्द्रिय अध्यक्ष विरेन्द्र पोख्रेलले अपाङ्गगता भएका व्यक्तिहरुको पहिचान र अधिकार सँगै संरक्षणका लागि राज्यले ठोस नीति ल्याएर संविधानमा ग्यारेन्टी गर्नुपर्ने बताउँदै सबै खाले अपाङ्गता भएका व्यक्तिहरुलाई राज्यले संरक्षण र प्रर्वद्धन गर्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा नेपाली काग्रँेस जिल्ला सभापति हिमालय कर्माचार्यले अपाङ्गता भएका व्यक्तिहरुले पनि सपाङ्ग सरहको क्षमता दक्षता राख्न सक्ने भएकोले राज्यले कसैलाईपनि भेदभाव नगरि समान ढङ्गले अपाङ्गताभएका व्यक्तिहरुलाई व्यवहार गर्नुपर्ने बताउँनुभएको थियो । कार्यक्रममा एमाले जिल्ला सदस्य सदन राई,   राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रिय सदस्यहरु सतिसचन्द्र झा, देवी भक्त तिम्सीना अपाङ्गता भएका व्यक्तिहरुको विभिन्न क्रियकलापमा सहयोग गर्दै आएको करुण फाउण्डेशन इलामा कार्यक्रम संयोजक अजित योन्जन, महिला विकास अधिकृत स्कीम श्रेष्ठ, र पक्रकार सोम सुसेली लगायतले अन्तराष्ट्रिय दिवशको महत्व र अपाङ्गगता भएका व्यक्तिहरुको अधिकारका बारेमा मन्तब्य राख्नुभएको थियो । 
                   कार्यक्रममा राष्ट्रिय  अपाङ्ग महासंघ नेपाल इलाम च्याप्टरका उपाध्यक्ष रविन्द्र नाथ अधिकारीले स्वगत मन्तव्य व्यक्त गरेका थिए, भने कोण सभा हुनुपूर्व विभिन्न नाराहरु लेखिएको प्ले कार्डहरु सहित पञ्चेबाजाको साथमा अपाङ्गता भएका व्यक्तिहरु र सरोकारवालाहरुले सदरमुकाम इलाम बजारको परिक्रमा गरेका थिए । 
              अन्तराष्ट्रिय दिवशकै अवसर पारेर महासंघ नेपाल जिल्ला च्याप्टर इलामले अपाङ्गता भएका व्यक्तिहरुको संम्बैधानिक अधिकार कार्यन्वयन र चुनौतिका सम्बन्धमा दुई दिवशिय अधिमुखिकरण कार्यशाला गरिएको छ । कार्यक्रममा जिल्लाका विभिन्न गाविस बाट आएका महासंघ नेपाल इलाम च्याप्टरमा आबद्ध एक सय बढी अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता रहेको थियो । 
 

यसमा तपाईको मत

पर्यटन
पोखरी निर्माणको लहर
पोखरी निर्माणको लहर

इलाम – जमुनामा रहेको ढाप सीमासार क्षेत्रलाई पोखरीको रुप दिइएपछि अहिले रमणीय भएको छ । करिव ३५ रोपनीमा पानी जमेपछि स्थानीय डुङ्गा चलाउने र माछा

भिडियो
फेसबुक