समाचार
संक्रान्तिबजारका अग्नी पिडितलाई इलाम नगरपालिकाबाट सहयोग

आइतबार  इलाम नगरपालिमा बसेको सर्वदलिय बैठकले  तेह्रथुम जिल्लाको संक्रान्तिबजारका अग्नी पिडित रु १ लाख उपलब्ध गराउने भएको छ ।


         तेह्रथुम जिल्लाको  संक्रान्तिबजारमा शुक्रबार आगलागी भई ३२ घर जलेर ठूलोमात्रामा धनको क्षति भएको थियो । उक्त घटनाबाट मानविय  संकट उत्पन्न भएको प्रति दुःख व्यक्त गर्दै उक्त सर्वदलि बैठकले स्थानिय आहात पक्षलाई राहात तथा उद्धारका लागि जिल्ला दैविक प्रकोप उद्धार समिति तेह्रथुम मार्फत् इमाल नगरपालिका इलामको प्रकोप व्यवस्थापन कोषबाट तत्काल रु १ लाख सहयोग उपलब्ध गरउने निर्णय भएको इलामनगरपालिका का कार्यकारी अधिकृत महेन्द्रकुमार खाम्याहाङ्गले बताउनुभएको छ ।  
 


यसमा तपाईको मत

पर्यटन
पोखरी निर्माणको लहर
पोखरी निर्माणको लहर

इलाम – जमुनामा रहेको ढाप सीमासार क्षेत्रलाई पोखरीको रुप दिइएपछि अहिले रमणीय भएको छ । करिव ३५ रोपनीमा पानी जमेपछि स्थानीय डुङ्गा चलाउने र माछा

भिडियो
फेसबुक