समाचार
विश्व सिमसार दिवश मनाइयो
विश्व सिमसार दिवश मनाइयो विश्व सिमसार दिवश २ फेब्रवरी को अवसरमा माइपोखरी सिमसार क्षेत्रमा धार्मिक, संस्कृतिक आर्थिक र पर्यवरणीय प्रभाब सम्बन्धी निबन्ध प्रतियोगिता माइपोखरीमा सम्पन्न गरिएको थियो । सो कार्यक्रममा माइपोखरी धार्मिक वनका अध्यक्ष राजबहादुर राईकोे अध्यक्षता वन तथा भू संरक्षण मन्त्रालयका योजना अधिकृत किशोर चन्द्र गौतम प्रमुख अतिथि विषेश अतिथि सहायक प्रमुख जिल्ला अधिकारी सुजन फागो, जिल्ला वन इलामका प्रमुख धुब्र श्रेष्ठ इलाम उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष ईश्वर चिपालु जिल्ला वनका अधिकृत सुनिल सिंह लगायतले माइपोखरीको संरक्षण तथा संम्वद्र्धनमा राज्य पक्षले दिर्घकालिन योजना निर्माण गरि कार्यान्वयमा ल्याउनुपर्ने बताएका थिए । उक्त निवन्ध प्रतियोगितामा त्यस क्षेत्रका सरस्वती मा.वि.सुलुबुङ्ग, सुम्बेक मा.वि. सुम्बेक र माइपोखरी संस्कृत विद्यालयका कक्षा ९ र १० कक्षा विद्यार्थी सहभागी भएका थिए उक्त प्रतियोगितामा प्रथम द्वितिय तथा तृतिय स्थान प्राप्त गर्ने विद्यार्थीलाई नगद पुरस्कार सहित प्रमाण पत्र प्रधान गरिएको थियो ।

यसमा तपाईको मत

पर्यटन
दोस्रो दिन पनि इलाम महोत्सव जारी

बैशाख २, इलाम  इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दुईसयबर्ष पूरा भएको अवसरमा “इलाम ः हाम्रो गौरव” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा हिजोबाट सुरु भएको तीनदिने इलाम महोत्सवको दोस्रो दिन आज बिभिन्न कार्यक्रम भएका छन् ।  इलामनगरपालिकाले आयोजना गरेको महोत्सवको दोस्रो दिन आज साहित्य सम्मेलन, बास्केटबल खेलको फाइनल खेल, इलामेली अग्रजहरुको पुर्नमिलनका साथै इलामको समृद्धिका सन्दर्भमा बिचार

भिडियो
फेसबुक