समाचार
लागू औषध नियन्त्रणमा प्रहरी मात्र नभइ जनतापनि सत्रिय हुनुपर्छ ः एसपि यादब
                लागु पदार्थको तस्करी र दुब्र्यसन नियन्त्रण गर्न इलाम सदरमुकाममा लागु औषध बिरुद्धको सचेतना रयालि शुक्रबार आयोजना गरिएको छ ।
 
             बढ्दो लागु पदार्थ सेवन र लागु औषध तस्करीबाट हुने पारीवारिक तथा सामाजिक क्षतिको जानकारी गराई समाजिक सचेतना अभिबृद्धी गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय इलामले सचेतनामूलक रयालिको आयोजना गरेको हो । ठूलो टुडिखेलबाट शुरु भएको रयालिमा प्रहरी, सामुदायिक प्रहरी सेवा केन्द्रका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, बिभिन्न बिद्यालयका शिक्षक तथा बिद्यार्थी लगायतको सहभागिता रहेको थियो । सो रयालीमा सहभागिहरुले लागुपदार्थ बिरुद्ध सचेतना जगाउने शन्देस लेखिएका ब्यानर तथा प्लेकार्डहरु प्रदर्शन गरेका थिए । सो अवसरमा बोल्दै इलामका सहायक प्रमुख जिल्ला अधिकारी सुजन फागोले लागु औषध तस्कर खतरनाक भएको जनाउँदै लागु औषध तस्करले समाजको हत्या गर्ने भएकोले जुनसुकै हालतमा पनि यसको नियन्त्रण गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको बताउनुभयो ।
                     उहाँले लागू औषध दुव्र्यसनी बिरुद्ध यस्ता चेतनामुलक संवाहक अभियान भएकोले लागू औषध तथा दुव्र्यसनीको बारेमा हामी आफै सचेत र जागरुक भएर परिवार समाजमा लागू औषध तथा दुव्र्यसनी बिरुद्ध खबरदारीमा लाग्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले लागू औषधमुक्त परिवार समाजको निर्माणमा सबै जुट्न आग्रह पनि गर्नुभयो । यस्तै इलामका प्रहरी उपरिक्षक (एसपि) शुसिलकुमार यादबले खुल्ला सिमानाको फाइदा उठाउँदै लागु औषध तस्करहरुले यस क्षेत्रका युवाहरुलाई बिभिन्न प्रकारले कुलतमा फसाएको बताउनु भयो । लागु औषधमुक्त क्षेत्र निमार्ण गर्न प्रहरीले नगारीकसँग हातेमालो गरेर काम गरिरहेको जनाउँदै बिद्यालय स्तरमा सचेतनामूलक काम गरिरहेको बताउनुभयो ।
                    युवा पुस्ता लागु औषधको दुरुपयोग र लागुपर्दाथको दुव्र्यसनमा फस्ने क्रम बढ्दै गएको हुदाँ त्यसलाई रोक्न र शैक्षिक प्रतिष्ठानहरु समेत अखडा बन्न सक्ने संम्भावनालाई अन्त्य गर्नका लागि प्रहरीले बिगतदेखि नै जिल्लामा लागू औषध बिरुद्धको जनचेतनामूलक कार्यक्रमहरु गर्दै आएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । लागु औषध तस्करीको अवस्था नेपालमा अहिले भयाबह रुपले बृद्धी भएकोले तस्करी रोक्न प्रहरी मात्र नभएर जनतापनि सक्रिय भएर लाग्नुपर्ने इलामका पत्रकार सुजन तिम्सिना बताउँछन् । लागू औषधको अवैध दुव्र्यसन र तस्करको समस्या विश्वकै लागि चुनौतीपूर्ण भएको छ । लागू औषधको सेवन नभई दुव्र्यसन, वैध नभई अवैध उत्पादन, तस्करीले आर्जित अकूत धनराशिको गलत कार्यमा दुरुपयोग हुनाले विश्वमा जटिल समस्या उत्पन्न भएको छ ।
             युवाहरुमा बढ्दो लागू औषधको ओसारप्रसार र प्रयोगले गाउँ मात्र हैन समाज  अनि राष्ट्रलाई नै अप्ठेरो पदैं गएको छ । देश निर्माण लाग्ने युवाहरु दिनदिनै लागु औषधमा फस्ने क्रम बढिरहँदा राज्यले अब युवाहरुका लागि बढि भन्दा बढि रोजगारिको सृजन ागर्न सकेमात्र यो नियन्त्रण हुने बिज्ञहरु बताउँछन् । 
 

यसमा तपाईको मत

पर्यटन
पोखरी निर्माणको लहर
पोखरी निर्माणको लहर

इलाम – जमुनामा रहेको ढाप सीमासार क्षेत्रलाई पोखरीको रुप दिइएपछि अहिले रमणीय भएको छ । करिव ३५ रोपनीमा पानी जमेपछि स्थानीय डुङ्गा चलाउने र माछा

भिडियो
फेसबुक