समाचार
अनौठो गाउँ,

 

मानिसहरु दिउसोमा कामकाजमा व्यस्त हुन्छन् र रातमा सुतेर आराम गर्छन् । तर काजकिस्तानमा एउटा यस्तो गाउँ छ, जहाँ मानिसहरु दिउसै भताभत निदाउँछन् र दुइ दिन सम्म निदाएको निदायै हुन्छन् । काजकिस्तानको कलाची गाउँमा मानिसहरु यो अनौठो सुत्ने रोगबाट पीडित छन् । मानिसहरु दिउसै सुत्दछन् र दुइ दिनसम्मै सुतेको सुत्यै गर्छन् । चाहे लाखौँ कोसिस किन नगरियोस् उनीहरु ब्युँझिदैनन् । अझ अनौठो त के भने उनीहरु लामो निद्राबाट ब्युँझिसकेपछि भविष्यका र अतितका कुराहरु गर्छन् । कतिपय अवस्थामा त विगतका सबै कुरा बिर्सिएर जाग्दछन् । सुतेको सपनामा उनीहरु कहिले परीहरु देख्दारहेछन् त कहिले ढोकाभित्र छिरेको भ्यागुतो । गाउँलेहरुको यो सुत्ने रोगको सिलसिला २०१३ को मार्चदेखि चलिरहेको छ । गाउँमा रहेका ८१० जनामध्ये १४० जना मानिस सुरुदेखि नै यो सुत्ने रोगबाट पीडित छन् ।

सुत्ने रोगको महामारीका कारण यो गाउँका बासिन्दाहरु बसाइ सरेर अन्यत्र जान थालेका छन् । यो गाउँमा सोभियन संघको पालाका केही युरेनियम खानीहरु पनि छन् । जसबाट विकिरणहरुका साथै कार्वन मोनोअक्साइड ग्यास पनि निकै बढि मात्रामा निस्कने गरेको बताइन्छ । सोही कारण गाउँलेहरु यस्तो अनौठो समस्याबाट पीडित बनेको विज्ञहरुको अनुमान छ । केही महिना अघि उक्त गाउँका घरधुरीहरुमा गरिएको ग्यासको परीक्षणका क्रममा घरभित्र सुरक्षित मात्राभन्दा १० गुणा बढि कार्वन मोनोअक्साइडको मात्रा पाइएको थियो ।


यसमा तपाईको मत

पर्यटन
पोखरी निर्माणको लहर
पोखरी निर्माणको लहर

इलाम – जमुनामा रहेको ढाप सीमासार क्षेत्रलाई पोखरीको रुप दिइएपछि अहिले रमणीय भएको छ । करिव ३५ रोपनीमा पानी जमेपछि स्थानीय डुङ्गा चलाउने र माछा

भिडियो
फेसबुक