समाचार
विदेशीको इशारामा सरकारले निर्वाचनको मिति घोषणा गरेन ः खनाल
विदेशीको इशारामा सरकारले निर्वाचनको मिति घोषणा गरेन ः खनाल
नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले वर्तमान सरकारले विदेशीको इशारामा निर्वाचनको मितिलाई पर धकेलिरहेको आरोप लगाउनु भएको छ ।
               नेकपा (एमाले) कोल्बुङ कमिटीले आज आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उहाँले पहाड र हिमालबाट तराईलाई अलग्याउनु उपयुक्त नहुने उल्लेख गनुृभयो । नेता खनालले अहिलेसम्म हिमाल, पहाड र तराईवासी सबै मिलेर बसेरहेपनि सरकारले तराईलाई अलग्याने खेलमा लागेको आरोप लगाउँदै यो नेपाली जनताको हितबिपरित हुने उल्लेख गर्नुभयो ।
                निर्वाचन मिति घोषणा गर्न अलमल गर्दै सरकार अघि बढ्छ भने एमालेले देशव्यापी रूपमा आन्दोलन गरेर देशमा चुनाव गराएरै छाड्ने बताउँदै उहाँले भारतले इलामको पशुपतिनगगर क्षेत्रमा दशगजा मिचेर पूर्वाधार जारी राखेकाले त्यसलाई तत्काल रोक्न मागसमेत गर्नुभयो । संविधान संशोधन प्रस्ताव ‘बेमौसमको बाजा’ मात्रै हो भन्दै यो प्रस्तावलाई कुनैपनि हालतमा पास हुन नदिने बताउनुभयो ।
 

यसमा तपाईको मत

पर्यटन
पोखरी निर्माणको लहर
पोखरी निर्माणको लहर

इलाम – जमुनामा रहेको ढाप सीमासार क्षेत्रलाई पोखरीको रुप दिइएपछि अहिले रमणीय भएको छ । करिव ३५ रोपनीमा पानी जमेपछि स्थानीय डुङ्गा चलाउने र माछा

भिडियो
फेसबुक