समाचार
राजनैतिक भागबण्डामा गैसस महासंघको नेतृत्व सर्बसम्मत
राजनैतिक भागबण्डामा गैसस महासंघको नेतृत्व सर्बसम्मत
               इलाम जिल्लामा क्रियाशिल गैरसरकारी संस्था महासंघ नेपाल इलाम १४ औं बार्षिक साधारण सभा तथा आठौं अधिबेशन सदरमुकाममा सम्पन्न भएको छ ।
              अधिबेशनले कमल नेपालको अध्यक्षतामा नौ सदस्यिय कार्य समिति सर्बसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा कमला बराल, सचिबमा लिलाप्रसाद थापा, सहसचिबमा भिम संगम कार्कि र कोषाध्यक्षमा भक्त थामिलाई चयन गरेको छ । यस्तै सदस्यहरुमा नेत्रकला खनाल, पशुपति भक्तराज, शशिदेवी घिमिरे र मनकुमार बराइलीलाई चयन गरेको छ । अध्यक्षमा चयन भएपछि नव अध्यक्ष कमल नेपालले गैससको बिधानअनुसार अघि बढ्ने अध्यक्ष सीताराम श्रेष्ठले प्रतिबद्धता जनाउनुभयो । कार्यसमिति चयन काँग्रेस र एमालेको राजनैतिक भागबण्डामा सर्वसमति रुपमा निर्माण महासंघका एक सदस्यले बताए ।
                     मोहनसिंह थेबेको अध्यक्षतामा भएको अधिबेशनको उद्घाटन सत्रमा गैसस महासंघका केन्द्रिय उपाध्यक्ष ध्रुबप्रसाद देवले समाजमा बस्ने सचेत नागरिकहरुको सामुहिक प्रयासको संगठित संस्थागत रुप नै गैर सरकारी संस्था रहेको जनाउँदै समाजको हरेक बिकास गैससको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । कार्यक्रममा महासंघका केन्द्रिय सदस्य सृजना दनुवार, नेकपा एमाले इलामका उपाध्यक्ष भक्त केसि, इलाम नगरपालिका कार्यालयका रामकुमार शाह लगायतले बोल्नुभएको थियो । सोहि कार्यक्रमको अवसर पारेर महासंघले गैससको क्षेत्रमा महत्वपूर्ण योगदान पुरयाउने महिला जागरण संघकि अध्यक्ष बिष्णु दाहाल सहित कृष्ण श्रेष्ठ र अम्मर देवानलाई दोसल्ला ओढाएर सम्मान पनि गरेको छ । गैसस महासंघ इलाममा बिगतमा ८० वटासम्म संस्थाहरु दर्ता भएर नविकरण गर्दै आएपनि बिगत ३÷४ बर्षयता २२ वटा संस्थाले मात्र संस्था नविकरण गर्दै आएको बताइएको छ ।

यसमा तपाईको मत

पर्यटन
पोखरी निर्माणको लहर
पोखरी निर्माणको लहर

इलाम – जमुनामा रहेको ढाप सीमासार क्षेत्रलाई पोखरीको रुप दिइएपछि अहिले रमणीय भएको छ । करिव ३५ रोपनीमा पानी जमेपछि स्थानीय डुङ्गा चलाउने र माछा

भिडियो
फेसबुक